back
CTIZAN AD

पहिलोपटक एटिएम सेवा सञ्चालन

वि.सं.२०७८ भदौ १६ बुधवार

807 

shares

१६ भदौ, बैतडी । बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ ।

बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो ।

सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिए ।

विगतमा डिलासैनी गाउँपालिका–५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नं ६ चमेलिया मोटरेबल पुल नजिक सारिएको छ । सोही स्थानबाट एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकको सेवालाई ध्यानमा राखेर शाखा सारिएको र एटिएम सञ्चालन गरिएको हो ।

एटिएम सेवा सञ्चालनमा आएपछि बैंकमा चेक लगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए । बनाएको एटिम कार्ड पनि प्रयोगविहीन भएको थियो । उनले भने, “अब एटिएम कार्ड पनि प्रयोगमा आयो, लाइन लाग्नुपर्ने बाध्यता पनि हट्यो, खुसी छौँ ।”
रासस

वि.सं.२०७८ भदौ १६ बुधवार १६:५५ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...