back
CTIZAN AD

स्थास्थ्यमा गरिने खर्चका कारण १७ प्रतिशत मानिस गरिबीको रेखामुनी

वि.सं.२०७८ भदौ १६ बुधवार

603 

shares

१६ भदौ, काठमाडौँ । स्थास्थ्यमा गरिने खर्चका कारण १७ प्रतिशत मानिस गरिबीको रेखामुनी धकेलिएको छ ।

स्वास्थ्य उपचारमा गरिने खर्चका कारण जनसङ्ख्याको १७ प्रतिशत मानिस गरिबीको रेखामुनी जान बाध्य हुने गरेका अनुसन्धानबाट थाहा भएको हो । दिगो विकास तथा सुशासन समितिको बुधबारको बैठकमा प्रा डा श्यामप्रसाद लोहनीले विश्वमा स्थास्थ्यमा गरिने खर्चका कारण १७ प्रतिशत मानिस गरिबीको दुश्चक्रमा धकेलिने गरेको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

आर्थिक हिसाबले सम्पन्न अमेरिकालगायत मुलुकमै पनि गम्भीरखालका रोगको उपचार निकै महँगो भएका कारण धेरै जनताको आर्थिक अवस्था कल्पना नै गर्न नसकिने ढङ्गबाट खस्केको जानकारी दिइयो । स्वास्थ्य क्षेत्रमा राज्यको न्यून लगानी, जनताको कमजोर पहुँच र उपचारमा धेरै खर्च लाग्ने क्यान्सरजस्ता दीर्घरोग उपचारका कारण कतिपय नागरिक टाटपल्टेर सम्पत्तिविहीन हुनु परेको छ ।

मुलुकले पूर्वाधार क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिँदै चिकित्सकले पोषण र खोप क्षेत्रमा गरेका लगानीबाट भविष्यमा १६ गुना भन्दाबढी प्रतिफल प्राप्त हुने जानकारी दिए । नेपालका ५५ प्रतिशत नागरिकले स्वास्थ्यमा आफ्नो व्यक्तिगत खर्च गर्दै आएका सो अवसरमा जानकारी दिइएको छ ।

यसैबीच, कोभिड–१९ सङ्क्रमण फैलिएसगैँ शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर खुम्चन गई प्रतिव्यक्ति आम्दानी मात्र घटेको नभइ आत्महत्याजस्ता घटनामा समेत वृद्धि भएको बताइएको छ । कोरोना सङ्क्रमणकै कारण दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा स्वास्थ्य क्षेत्रका नियमित कार्यक्रम पनि प्रभावित भएको जानकारी दिइएको छ ।

प्रा डा लोहनीले भने, “स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो छ, हेलमेटमा गरेको एक रुपैयाँ खर्चले रु १३ बचाउँछ ।” स्वास्थ क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा भूकम्प, नाकाबन्दी, कोरोनालगायतका घटनालेसमेत प्रभावित तुल्याएको उनले जानकारी दिए ।

कारोनाका कारण स्वास्थ्य क्षेत्रका ३८ प्रतिशत जनशक्तिले कुनै न कुनै रुपमा तनाव, डिप्रेशन, अनिन्द्राको समस्या झेल्नु परेको एक अध्ययन प्रतिवेदन प्रस्तुत गरियो ।
रासस

वि.सं.२०७८ भदौ १६ बुधवार १७:०९ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...