Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

लघुकथा: छिमेकी



टाढा गाउँको एउटा जगमा विरमान र सानुमतिको घर छ । उनिहरु छिमेकी हुन् । सानुमती आफ्नो श्रीमानसित दूईवटा नानीहरु लिएर बस्छिन् । श्रीमान प्रत्येक दिन बाहिर काम गर्नु जानुहुन्छ । मनग्गे धन त छैन । तर उनिहरु खुशीनै छन् । लकडाउनको कारण बाह्र वर्षको छोरा रिकेश घरमै छ । र घरीघरी विरमानको घरमा गइबस्छ । विरमान रिटार्यड बृटिश अफिसर हुन् । उनको घरमा पैसाको कमि छैन । छोरा बुहारीहरु सहरतिरै जागीरे छन् । घरमा बूढाबूढी एउटा तीन वर्षको नातिमात्र बस्छन् ।

सानुमतीको धन नभए नि मन ठूलो छ । विरमान कि स्वास्नीको उमेर छिप्पे पनि सुखले मुहारमा चमक देखिन्छ । उनले सानुमतीको परिवारलाई सधैं हेपेर हेर्ने गर्छिन् ।

एकदिन अचानक उनको सुनको ‘वाला’ हराउँछ । घरमा आइरहने भएकोले सानुमतिको छोराले नै चोर्यो भनेर दोष लगाउँदै नानाभाती भन्न थाल्छिन् । सानुमतिले छोरालाई गालामा चड्कन हानेर सोधिन् । तर रुँदै उसले ‘आफुले नचोरेको’ भन्यो । रुदै सुकसुक गर्दै ओछ्यानमा सुत्न गयो । भरे ‘वाला’ उसैकै नातिले खुट्टामा लगाईरहेको भेटिएपछि सानुमति र उनको बिच निक्कै ठूलो झगडा भयो । अनि दुबैको बोलाचालीनै बन्द भयो ।

यसैगरी एकसाता बित्यो । श्रीमानले छोरालाई त्यता खेल्न नपठाउनु भनेकोले छोरा हिजोआज घरमै खेलिबस्छ ।

तर हिजो देखि यता उसले विरमानको घरमा बुढाबुढिले बोलेको सुनेकी छैन । कान थापेर सुनी । तर पटक्ककै आवाज नसुनेकोले कतै विरामी परे कि भनेर मनमा चिसो पस्यो । उनले घरमै गएर हेर्ने निधो गरिन् । अनि बिस्तारै ढोका उघारेर हेर्दा त बूढाबूढी ज्वरोले थला परेका रहेछन् । ओछ्यानमा नातिले सुतेको ठाउँमा मलमुत्र गरेर आहाल बनाएको । भोकले रोइरहेको विभत्स दृश्य देखेर उनको मनले मानेन । अनि नानी टपक्क टिपेर सफा सुग्घर गरिवरि दूध ख्वाएर सुताईदिइ । त्यसपछि पानी तताएर दुबै बुढाबुढिलाई पिउन दिइन । खाजा बनाएर ख्वाइन् । ओखती पनि आफैले किनेर ल्याइन र ख्वाइदिइन् । यसरी तीनदिनको स्याहार सुसारपछि उनिहरु स्वस्थ भए । विरमान कि पत्नीले लज्जित हुँदै माफी माग्न खोज्दै थिईन् । तर, सानुमतीले हात समातेर भनिन् – ‘हेर्नुस् ! जे भए नि हामी छिमेकी हौं । यसरी सँगै बसेपछि परेको बखत एकार्कालाई सहयोग गर्नुपर्छ । यहीनै छिमेको परम कर्तव्य हो ।’ उनले कुरा बुझिछिन् । साँच्चै त्यसदिन देखि यता उनिहरुको झगडा र भनाभन परेको कहिले सुनिएन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना