back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पुनर्गठन:शर्माको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति निर्माण

वि.सं.२०७८ असोज १२ मंगलवार

2.5K 

shares

जापान । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बृहत भर्चुअल भेला २०२१ सेप्टेम्वर २७ तारिकका दिन सम्पन्न भएको छ ।
भेलाले दुर्गा शर्मा (स्पेन)को अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । समितिले उपाध्यक्ष ४ जना र सचिव २ जना रहने व्यवस्था गरेको छ ।

समितिको उपाध्यक्षहरूमा क्रमशः मानबहादुर थापा (जापान), देब बहादुर लामिछाने (भारत), बलराम पौडेल (बेलायत) र गंगा खड्का (कतार) बाट रहेका छन् ।

त्यसैगरी समितिको महासचिवमा कोरियाबाट विदुर, कोषाध्यक्षमा हिमाल थापा (बेल्जियम), सचिवमा महेन्द्र बस्याल (भारत) र देबेन्द्र बस्याल (जापान) बाट रहेका छन् भने सदस्यहरुमा बुद्धि कडेल, कृष्ण शर्मा (गौतम), र शिव गिरी (जापान), राजु बस्याल (मलेसिया), डिलबहादुर बस्याल (साउदी अरब) धनबहादुर बस्याल, इश्वरी विश्वकर्मा (कुवेत), चिन्तामणि पौडेल, हेमसागर बस्याल (कतार), इन्द्र भेटाल, सुर्यबहादुर पुन, भारती परियार, (भारत) शिव पौडेल, रामु तरामी (कोरिया), राजबेलवासे (बेल्जियम), भूपाल शर्मा (पोर्चुगल), मिलन चालिसे (डेनमार्क), यम कुँवर, होम कँडेल, पारस लामिछाने (अष्ट्रेलिया), रेशम पौडेल (क्यानाडा), भानु शर्मा र किरण के.सी दुबई, तेजमान सिजाली (बहराईन), अनिल सुवेदी (जर्मन), र ओमनबाट सोम तामाङ्ग रहेका छन् ।

त्यसैगरी सल्लाहाकारमा नेपालबाट गंगा पौडेल, खगेश्वर शर्मा, शोभाकान्त लामिछाने र जापानबाट सचित्र के.सी रहेका छन् ।

प्रमुख अतिथि कृष्णाराज पौडेलद्धारा भर्चुअल माध्यमबाट उद्घाटन गरिएको उक्त भेलामा मेहन्द्र बस्यालले विधानको प्रस्तावना, दुर्गा शर्माले प्रतिवेदन र बिदुर शर्माले विधान पढेर सुनाएका थिए ।

व्यापक छलफल र सुझावसहित विधान पारित भएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्वअध्यक्ष तथा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वअध्यक्ष गंगा पौडेलले नयाँ कार्यसमितिको प्यानल प्रस्तुत गरेका थिए । घनिभूत छलफलपछि प्यानल सर्वसम्मतिले पास भएको थियो ।

प्रमुख अतिथि पौडेलले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना तथा बधाई दिँदैः दक्षिणपन्थी बाटोबाट हिडेर समाजवादमा नपुगिने तथा दक्षिण पन्थी कार्यदिशाको लक्ष्य यही व्यवस्था रहेको बताए । ‘समाजवाद सम्म पुग्नको लागि बृहत संयुक्त मोर्चा सहितको सच्चा कम्युनिस्ट पार्टी निर्माण गर्न आवश्यक छ ।’ उनले भने ।

ऐतिहासिक भेलालाई शुभकामना तथा बधाई दिनेहरूमा अतिथीहरू . विमल शर्मा –नेकपा (मसाल) का पुर्व प्रवक्ता, गोबिन्द सिंह थापा– मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष, गंगा पौडेल– अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्वअध्यक्ष, शशिधर भण्डारी–बरिष्ट बामपन्थी लेखक, राम बहादुर बुढा– जनजाति सम्मेलनका पूर्वमहासचिव, नारायण सापकोटा– ट्रेड युनियनका पूर्वअध्यक्ष, नारायण शर्मा– हाँक साप्ताहिकका कार्यकारी संपादक, लाल बहादुर जाग्री– राजमो के.स.,गौरीलाल कार्की– प्रगतिशिल लेखक, सुर्य थापा– अखिल नेपाल महिला संघ कि पूर्वअध्यक्ष, बाबु राम आचार्य– युवक संघका पूर्व महासचिव, निलिमा पुन– बरिष्ट गायीका, लोकेन्द्र लम्साल– प्रदेश ७ राजमो अध्यक्ष, खगेश्वर शर्मा–मूलप्रवाहका पूर्व महासचिव, देबराज पौडेल– राजमो नवलपूर जिल्ला सदस्य र.दयाराम खनाल– द भारत क्षेत्रिय प्रतिनिधिले नयाँ समितिलाई बधाइ तथा सफलताको शुभकामना दिएका थिए ।

नवनिर्वाचित समितिका अध्यक्ष दुर्गा शर्माले समग्रमा प्रतिवद्धता व्यक्त गर्दै अब संगठनलाई अरू शसक्त र व्यापक बनाएर लैजाने बताए । संसारभरका शोषित पीडित मजदुरहरूको मुक्तिको पक्षमा दृढ भएर काम गर्ने बताउदै नेकपा (मसाल) लाई सच्चिन पनि आग्रह गरे ।
उक्त भेलाको अध्यक्षता भेला तयारी समितिका संयोजक महेन्द्र बस्याल, स्वागत भाषण. मानबहादुर थापा र संचालन बिदुर शर्माले गरेका थिए ।

सोहि कार्यक्रममा मार्गदर्शनका संपादकले समितिका नवनियुक्त अध्यक्ष दुर्गा शर्मालाई फोनमार्फत बधाई दिँदै पार्टीले नेपाललगायत विश्वभरी छरिएर रहेका थुप्रैलाई कारवाही गर्ने, जिम्मेवारी नदिने, एक्लीकरण नगर्ने, सम्पर्क नगर्ने जस्ता फुटपरस्त गतिविधि गर्दै आएका कारण अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पुनर्गठन गर्नु परेको बताएका थिए । ‘हामी विश्वभरी छरिएर रहेका मजदुर साथीहरुले पार्टीलाई दक्षिणपन्थी लाइन त्यागेर क्रान्तिकारी धारमा फर्कन आवाहान गर्दै यो अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गर्न अपरिहार्य छ ।’ उनले भने ।

महामन्त्री सिंह दम्पत्तीले पार्टीलाई दक्षिणपन्थी दिशामा हिँडाएको गुनासो

यतिवेला ने.क.पा. (मसाल) भित्र महामन्त्री मोहन बिक्रम सिंहको स्वेच्छाचारी प्रवृत्ती हावी हुनुका साथै आर्थिक हिनामिना गर्ने गरेका कारण कार्यकर्ताहरुले आवाज उठाउँदा उल्टै अनुशासनको नाममा कार्यकर्ताहरुलाई ठूलो संख्यामा कारवाही गरेको भन्दै पार्टीका कार्यकर्ताले गुनासो गरेका छन् ।

पार्टीलाई महामन्त्री मोहन बिक्रम सिंह र उनकी श्रीमती दुर्गा पौडेलले विस्तारै दक्षिणपन्थी दिशामा हिँडाएको कुरा पनि पार्टीका कार्यकर्ताको आरोप छ । मसालको पछिल्ला गतिविधिको विश्लेषण गर्दा पार्टी अब क्रान्तिकारी पार्टी नभएको र वर्ग दुश्मन काँग्रेसको पिछलग्गु बन्न पुगेको कुरा प्रष्ट देखिएको भन्दै एक कार्यकर्ताले गुनासो गरे ।

‘नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर दुखि गरिबहरुको मुक्तीको लागि लड्ने भनेर पार्टीमा लागेका हजारौं कार्यकर्ताले अब मसाल छाड्दै गैरहेका छन । देश भित्रैबाट पनि त्यो पार्टीमा विद्रोह गर्ने तथा पार्टी त्याग्ने क्रम तिब्र बनेको छ । पार्टी र क्रान्ति भन्दा पनि पारिवारिक पेरिफेरिमा व्यस्त मोहन बिक्रम सिंहले पछिल्लो गतिविधिलाई कसरी समधान गर्ने हुन हेर्न बाँकी छ । पार्टी फुटाउने र व्यक्तिगत स्वार्थमा डुब्ने इतिहास बनाएका मोहन बिक्रम सिंहले जीवनको उत्तर्राधमा नराम्रो धक्का खानु परेको कुरा सर्वत्र चलिरहेको छ ।’ ती कार्यकर्ताले भने ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:४२ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...