back
CTIZAN AD

प्रदेशसभाबाटै राजीनामाको घोषणा गरेकी शाक्यले बुझाइन् राजीनामा पत्र

वि.सं.२०७८ कात्तिक १० बुधवार

1K 

shares

काठमाडौं । प्रदेशसभाको बैठकबाटै राजीनामाको घोषणा गरेकी बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएकी छिन् । प्रदेशसभाबाट बाहिरिएलगत्तै उनलवे प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई भेटेर राजीनामा बुझाएकी हुन् ।

माधवकुमार नेपाल पक्ष बेग्लै पार्टी निर्माणमा जुट्दै गर्दा शाक्य एमालेको एकल बहुमतका आधारमा भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । तर, एमाले विभाजन भएसँगै १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका र राप्रपाका २/२ र जसपाका एक सांसद छन् ।

मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । एमालेइतरको गठबन्धनसँग ५९ सांसद छन् ।

उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णयसमेत गरिसकेका छन् ।

सम्बन्धित समाचार

मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:२२ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...