back
CTIZAN AD

आइएसको आक्रमणमा परी दशको मृत्यु, १२ घाइते

वि.सं.२०७८ कात्तिक १० बुधवार

564 

shares

बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।

त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।
रासस

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:२५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...