back
CTIZAN AD

लोकमार्गको काममा ढिलासुस्ती हुँदा स्थानीय युवाद्वारा विरोध

वि.सं.२०७८ मंसिर २ बिहीवार

660 

shares

बलेवा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् ।

काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै सांकेतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्र गर्नुपर्ने युवाको माग छ ।

निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताए ।

सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने, काम तत्काल थाल्नुपर्नेलगायत माग राख्दै युवाले दबाब दिन सुरु गरेको कँडेलले जानकारी दिए । बिहुँको अक्षेतेदेखि इनारपानीसम्म काम गर्ने कम्पनी लामो समयदेखि सम्पर्कविहीन रहेकाले विरोध अभियान सुरु गर्नुपरेको उनले बताए ।

स्तरोन्नतिसहित कालोपत्र थालिएको सडकका कारण स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्दै आएका छन् । “अब हाम्रा विरोधका कार्यक्रम चरणबद्ध हुन्छन्, सबै क्षेत्र जिम्मेवार बन्नु जरुरी छ”, कँडेलले भने, “हामीले सधैँ सास्ती खेपिरहनुपर्ने, उनीहरुले काम गर्न नपर्ने र ?”

विसं २०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरु भएको बागलुङ अक्षेतेखण्ड तीन वर्षमा सकिनुपर्ने थियो । छ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम नभएको भन्दै स्थानीयले बेला–बेलामा विरोध गर्ने गरेका छन् ।

बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सनले काम नगरेको स्थानीयको आरोप छ ।

“चैतसम्म म्याद थप भएको छ, कोभिडका बेलाको म्याद सबैलाई थपिँदा उनीहरुले पनि पाए”, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले भने, “हामी खोजी गरिरहेका छौँ, ठेकेदार कम्पनीसँग कुरा गरेर काम अघि बढाउँछौँ ।”

बेला बेलामा आउने गरेका निर्माण कम्पनीका प्रतिनिधिले थपिएको समयमा काम सक्ने प्रतिबद्धता जनाउने गरेको भए पनि म्याद थप भएपछि बेखबर हुने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको खबरदारी निरन्तर हुनुपर्ने स्थानीयको माग छ ।
रासस

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:३३ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...