नेपाल स्वयम् सेवक संघको नामले समाजमा उदाएको यस संस्थाका परिकल्पनाकार हुन् खेमराज पौडेल ।
विसं २०७६ मा स्थापना भएको यस संस्थाले खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरूभित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु रहेको जनाएको छ । साथै समाजमा रहने हरेक तह र तप्काका मानव स्रोतहरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल रहेका पनि संस्थाको अध्यक्ष पौडेल बताउँछन् ।
के–के गरेको छ त संस्थाले ?
संघद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै बालबालिका तथा युवावर्गलाई जनसेवी बनाउने ।
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्वयंसेवक संघको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्वयंसेवकलाई परिचालन गर्ने, गराउने ।
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
– स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने । स्वयंसेवक नियम – स्वयंसेवक विश्वास योग्य हुन्छ ।
– स्वयंसेवक भक्त हुन्छ ।
– स्वयंसेवक उपयोगी र सहयोगी हुन्छ ।
– स्वयंसेवक सबैको मित्र हुन्छ ।
– स्वयंसेवक विनम्र हुन्छ ।
– स्वयंसेवक प्राणी प्रति दयालु हुन्छ ।
– स्वयंसेवक अनुशासित र आज्ञाकारी हुन्छ ।
– स्वयंसेवक बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
– स्वयंसेवक मन, बचन र कर्ममा पवित्र हुन्छ ।
स्वयंसेवकको ब्याज सूची – सदस्यता ब्याज –अक्षयकोष ब्याज – सदस्य प्रति १ दैनिक ब्याज समाज र राष्ट्रसेवालाई समाजसेवाको शिखर मान्छ ।
देशभर सजाल
देशभर सञ्जाल बनाएको संघले यसका २० विभागीय संगठन तथा उनीहरुका उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६–५–१४ र विधिवत रूपमा दर्ता २०७७–४–२१ काठमाडौंमा भएको जनाएको छ ।
“नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः“ विस्तारको क्रममा रहेको बताइएको छ । मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतनापूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग तय गर्दछ । नेपालीहरूको सपना, देश र राष्ट्रको सपना हो । अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना रहेको अध्यक्ष पौडेल बताउँछन् ।
युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन रहेको र उनीहरुलाई आजको राष्ट्र समृद्धिका प्रतिनिधि मान्दै संस्थाले परिवर्तनका पहरेदार, संगठित शक्ति भएकोले नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको समेत बताइएको छ ।
संविधानले मार्गप्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चाहाना समाजवादी समाजको विकास रहेको र यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरीवी अन्धविश्वास, अशिक्षा, कुपोषणको अन्त्य गर्नु हाम्रा प्रमुख तथा महत्वपूर्ण एजेन्डा रहेको बताउँछन् पौडेल ।
‘स्वरोजगार निर्माण गरी देशमै रहने वातावरण बनाइ पलायन रोक्नु, बढ्दो महङ्गी भ्रस्टचार, बलत्कार , देश भित्र तथा बाहिर हुने घुसपैठ, कालोबजारी जस्ता गलत कार्यमा खबरदारी गर्नु यो संघको मुख्य कार्य हो र भूमिका मा हरेक सदस्य जागरुक रहेका छन्।’ पौडल भन्छन् ।
आफ्नै देशको सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारको विकास गर्ने उद्देश्यले स्थापना भएको थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको पौडेलको दावी छ ।
जिल्ला तथा प्रदेशमा अन्तरक्रिया कार्यक्रम निरन्तर चलेका चलाइएको र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत रहेको संस्थाले जनाएको छ ।
‘हामी जाग्नको लागि एकजुट भई राष्ट हितको लागि नीति समाजपोषित बनाउने, महान् बुद्धको सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुनः नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ,’ पौडेल भन्छन् ‘यति मात्र नभएर स्वर्गको टुक्रा मानिने नेपालको सांस्कृतिक, प्राकृतिक सम्पदाहरूको तिव्र विकास गरी आर्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसको लागि हामी सबै एकजुट हुँदै छौँ र बाँकी सबै हुनुहुनेछ भन्ने आशा साथै भरोशा छ।’
आफ्नो देश आफै बनाउनुपर्छ भन्ने महान उद्धेश्यसहित अगाडि बढेको संस्थाले आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने योजना रहेको पौडेल बताउँछन् ।
वि.सं. २०७६ मा काठमाडौंको सितापाईलामा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको संस्थाले नेपाल स्वयम् संघमा आवद्ध जनशक्तिलाई अझ मजबुत बनाउन थालिएको प्रशिक्षण नेपाल स्वयम् सेवक संघ कै केन्दिय प्रशिक्षण विभागको रूपमा रहेको बताइएको छ । उक्त कार्यक्रमकी संयोजकको रूपमा पोखराकी कवि तथा गजलकार विमुन्स पौडेल रहेकी थिइन् । उनले देश अधिराज्य भरिका स्वय्मसेवक संस्थामा आवद्ध जनशक्तिलाई लक्षित गरी विभिन्न प्रदेशका ठूला तथा मध्यम शहरहरूमा तालिमको आयोजना गरेर संस्थाको मर्म र उद्धेश्यमाथि सक्रियतापूर्वक अमल गर्ने जनशक्तिलाई ऊर्जा भर्ने काम गरेकी थिइन् ।
त्यस्तै मेचीकाली अभियानलाई सुदूर्पश्चिमबाट सुरु गरिएको यात्रा पुर्बान्चल सम्म आएर कोरोनाको महामारीको कारणले पछि सारिएको बताइएको छ । उक्त अभियान नेपाल स्वयंसेवक संघले प्रशिक्षण कार्यक्रम र मेचीमहाकाली अभियान अध्ययन अनुसन्धान भ्रमण राष्ट्रिय रूपमा गरेको थियो।
उक्त कार्यक्रम छिट्टै सूचारु गरिने संस्थाका परिकल्पनाकार तथा केन्द्रीय विभागका अध्यक्ष खेमराज पौडेलले जानकारी बताउँछन् ।
भर्चुअल माध्यमबाट पनि छलफल चलाइने
प्रशिक्षण विभागकी प्रमूख विमुन्स पौडेलले युवा शक्तिलाई सकृय बनाइराख्न भर्चुअल माध्यमबाट पनि छलफल जारी रहेको बताउँछीन् ।
‘देश अधिराज्यका साहित्यप्रेमी मनहरूलाइ पनि समेट्ने उद्धेश्यले बनेको साहित्यिक विभागले पनि सदस्यता बढाउने तथा साहित्यिक कार्यक्रम गर्ने काम प्रदेश नम्बर १ मा चलिरहेको छ ।’ उनी भन्छिन् ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १४:४७ मा प्रकाशित






























