back
CTIZAN AD

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट र कम्प्रेसर जोडिने

वि.सं.२०७८ मंसिर २ बिहीवार

633 

shares

पर्वत । जिल्लाका क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने रिफिल मसिन जोड्न लागिएको छ ।

सिलिण्डरमा अक्सिजन भर्नका लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार उपकरण जडान गरिए पनि काम कहिले सकिन्छ भन्ने यकिन छैन ।

उपकरण सञ्चालनका लागि २२० भोल्टमाथिको विद्युत् आपूर्ति आवश्यक पर्ने र यसका लागि छुट्टै ट्रान्सफर्मर चाहिने भएकाले त्यसको व्यवस्था नभएसम्म अहिले कम्प्रेसरबाट अक्सिजन भर्न सकिने अवस्था रहँदैन ।

एशोसिएशनको सहयोगमा प्लान्ट र लायन्सको सहयोगमा कम्प्रेसर आए पनि त्यसको जडान र सञ्चालनका लागि आवश्यक पर्ने विद्युतका लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने भएको छ । त्यसका लागि झन्डै रु १२ लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन आवश्यक परेमा अहिलेसम्म पोखराबाटै भरेर ल्याइएका सिलिण्डर प्रयोग हुँदै आएको छ । त्यसबाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शय्यासम्म पाइप लाइन जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो ।

डा पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिण्डर अक्सिजन उत्पादन हुने भनिएको छ तर कम्प्रेसरले एक दिनमा कति सिलिण्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इञ्जिनीयरले गर्ने प्राविधिक जाँचपछि मात्रै एकिन हुनेछ ।

उक्त प्लान्टलाई अस्पतालको नयाँ भवनमा जडान गर्न लागिएको छ । पन्ध्र शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करिब अन्तिम चरणमा पुगेसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएको छ ।

झन्डै रु ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएकामा कम्प्रेसरका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेको थियो । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएकाले शय्यामा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

बिरामीलाई अक्सिजन आवश्यक भए सिलिण्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ । मेडिकल सुपरिटेण्डेन्ट डा. पौडेलका अनुसार अस्पतालमा जोडिएका प्लान्टमा प्राविधिक समस्या आएमा त्यसको समाधान गर्ने प्राविधिक जनशक्ति नपाउदा समस्या हुने गरेको छ ।

प्रदेशको बजेटमा जडान गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन नभएपछि त्यसको समाधानको लागि सप्लायर्स कम्पनीसँग कुराकानी भए पनि सप्लायर्सले पनि त्यसको समाधान गर्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने बताएका कारण मर्मत यत्तिकै रोकिएको छ ।

अहिले जडान गर्न लागिएको प्लान्ट र कम्प्रेसर जडानको काम पोखरा र काठमाडौँबाट आएका प्राविधिकले गर्न लागिरहेका छन् । त्यसमा पनि समस्या आए मर्मतकै समस्या हुने उनले बताए ।
रासस

वि.सं.२०७८ मंसिर २ बिहीवार १५:३५ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...