६ मंसिर, काठमाडौँ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूका लागि कमलादी, काठमान्डौंमा प्रिभिलेजमा काउन्टर विस्तार गरेको छ ।
बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साथै अब ग्राहकहरूलाई छिटो छरितो, झन्झट मुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १७:०१ मा प्रकाशित






























