back
CTIZAN AD

नेपाली कांग्रेसको १३४ केन्द्रीय सदस्यका लागि ५०९ जनाले गराए उम्मेदवारी दर्ता (सूचीसहित)

वि.सं.२०७८ मंसिर २५ शनिवार

684 

shares

काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा आगामी नयाँ नेतृत्वका लागि ५०९ जनाले उम्मेदवारी दिएका छन् ।

शुक्रवारदेखि राजधानीको भृककुटीमण्डपमा सुरु भएको कांग्रेसको चौधौ महाधिबेशको दोस्रो दिन नयाँ नेतृत्वका लागि भएको उम्मेदवारी मनोनयन दर्तामा पार्टीमा १३ पदाधिकारीसहित १३४ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता गरिएको हो ।

शनिवार विभिन्न पदका लागि गरिएको मनोनयन दर्तामा सभापति पदमा मात्रै ६ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको आगामी नेतृत्वका लागि नेताहरु शेरबहादुर देउवा डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यद्यपी न्यौपाने र गुरुङले सभापतिबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइए पनि औपचारि रुपमा त्यसको घोषणा गरिएको छैन ।

नेपाली कांग्रेसको उम्मेदवारी अद्यावधिक सूचना अनुसार हालसम्म ५०९ जनाको उम्मेदवारी परेको हो । शनिवार विहान १० बजेदेखि बेलुका ५ बजेससम्म उम्मेदवारको मनोनयन दर्ता, ५ देखि ७ बजेसम्म मनोनयन उपर दावी विरोध तथा जाँचबुझ गरिएको र ७ देखि ९ बजेसम्म दावी विरोध उपर निर्णय गर्न सकिने बताइएको छ ।

त्यस्तै हालसम्म २ उपसभापतिका लागि महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी साह र विजयकुमार गच्छदारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी २ महामन्त्रीका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, डा. प्रकाशसरण महत, डा. राजाराम कार्की, प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

आठ सहमहामन्त्रीका लागि बद्रिप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मान बहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्र प्रसाद चौधरी, किशोर सिंह राठौर, रन्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त र तेजुलाल चौधरी, जीवन साही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदेम्बे, चेतराज बजाज, शेख वकिल, उमाकान्त चौधरी र डिना उपाध्याय गरी २० जनाले उममेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी सदस्यहरुमा थारुबाट १४, मधेशीबाट ३२, आदिवासी जनजातिबाट ८७, खसआर्यबाट ९३, दलितबाट ३९, महिलाबाट ३१, पिछडिएको क्षेत्रबाट २, अपांगबाट १६, अल्पसंख्यकबाट ६, मुस्लिमबाट १६, प्रदेश १ बाट १३, प्रदेश २ बाट ५, वागमती प्रदेशबाट ९, गण्डकी प्रदेशबाट ७, लुम्बिनी प्रदेशबाट ११, कर्णाली प्रदेशबाट ७, सुदूरपश्चिम प्रदेशबाट १२ र खुल्लाबाट १०९ गरी जम्मा ५०९ जनाको उम्मेदवारी परेको हो ।

वि.सं.२०७८ मंसिर २५ शनिवार २०:२५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...