back
CTIZAN AD

कथा: सम्झौता

वि.सं.२०७८ फागुन ७ शनिवार

1.6K 

shares

बाँच्नु पनि बिना अर्थको जिन्दगी लिएर बाचिरहेछु । फिक्का यौवनका सिङ्गार बिना । हो फिक्का खुशीमा पनि हाँस्न बिवश छु । अरुको नजरमा म सपाङ्ग छु होला तर म भित्रको सपाङ्ग बाँधिएर आज म अपाङ्ग भएको महशुस गर्छु ।
साहाराको नाममा म भित्र एक मुठ्ठी सासले बाँचेको छु । खै मुस्कान त देख्दो होला देख्नेले खिस्स हाँस्दा निस्कने दात देखेर तर देख्नेलाई के थाहा, म भित्र पिडा गुम्सिएका पीडा कत्ती छ भन्ने कुरा ।

ग्यास गुम्सीए झै मेरो जीवनमा पीडा उकुश–मुकुश भएर गुम्सिएको पीडा त म भोग्नेलाई मात्र थाहाँ छ कहाँ अरुको सामु दाँत देखाउँदैमा मनको पीडा फुत्त निस्कने होर ?

कोख बाँझो हुनुको पीडा मलाई थाहाँ छ । एकपल्ट हैन दुईपल्ट हैन बारम्बार सातपटक सम्म मेरो कोखमा फुल हुन नपाउँदै रगतको डल्लो फुटेर जान्थ्यो मन थामेर बेस्सरी रुन्थ्ये । हुन पनि म रुनु सिवाय अरु के गर्न सक्थ्ये र ! यदी मेरो बशको कुरा भैदिएको भए म मेरो योनीको मुख सियो धागोले सिएर राख्थे त्यतिमात्र नभए सुपर गुलुले टासेर भित्रै रगतको डल्लोलाई परिणत गराई बच्चा जन्माउँथे । उफ्फ कहाँ मेरो यो निकम्मा सोचले हुन्छ र ?

आज विवाह भएको पनि झण्डै पन्ध्रबर्ष भयो । ती सबै डल्लोहरु नफुटेको भए आधा दर्जन बच्चाको आमा बनिसक्थे यतिबेला । ‘पल्लो घरको पदम दाजुको बिहे गरेको ८ बर्ष भयो उनका सन्तान पुगिसके । एउटा छोरा र छोरी, हाम्रो घरमा मात्र कहिल्यै बच्चाको अनुहार देख्न नपाईने भयो यत्तिकै मर्ने भए म नाती नातीनीको अनुहार हेर्न नपाई’ भनेर भनी रहनु हुन्छ सासु आमा । मलाई पनि कहाँ रहर छ र बिना बच्चाको जिन्दगी बिताउन अनि यो समाजले ‘अपुताली आईमाई’ भनेको सहेर बस्न । तर, मेरो कर्म नै खोटो भएपछि म के गरु त । धामी झाक्री, ज्योतीष ज्योतीषनीबाट ‘यो साल छोरा हुन्छ, अब आउँने सालमा चाहीँ पक्का छोरी हुन्छ’ भनेको सुन्दासुन्दै यी कान नै पाकी सके । कहिलेकाँही त लाग्थ्यो मेरो कोख किन यस्तो खकुलो भएको होला, जहाँ एउटा जाबो रगतको पिउँसो पनि अडिन नसक्ने ।

त्यस्तो लजाजु स्वभावकी मेरी बहिनी कति छिटो परिवर्तन भइछ मलाई पत्तै भएन । उ त मेरै श्रीमानसंग पो सल्कीन थालीछ । एकमहिना पछी पो मैलै थाहाँ पाए, त्यो पनि पल्लो घरको कमलाले भनेपछी । उनको कुरा पहिलो त पत्यार लागेन । पछि उनको गतिबिधिमा नजर राख्न थाले । उनको बदलिएको व्वयहारले म छाँगाबाट खसे झै भए । उफ् जिन्दगी कसै गर्दा पनि नहुने । आखिर जे हुनुपर्ने छ त्यो भएरै छाड्ने रहेछ ।

लामो समयको पर्खाइपछि सायद भगवानले मेरो कुरो सुनेर हो कि, आज मेरो जीवनमा फेरि खुशी फर्केर आएको आभाष भएको छ । आज मेरो कोख फेरि भरिएको छ ।

दुईमहिना भयो मेरो कोखमा डल्ला अडिइरहेको । यही खुशीमा हामी जोईपोई बिराटनगरको नर्शिङ्ग होममा गयौ । चेकपपछी डाक्टरले सल्लाह अनुसार अब म भुँइमा बस्न नहुने, भर्याङ चढ्नु अनि ओर्लनु नहुने, भारी समान उचाल्न बोक्नु नहुने अनि म टाङ्ग फारेर हिड्नसम्म नहुने भो । त्यसपछि त मेरो उठ्न, सुत्न अनि बस्न माथिल्लो तल्लामै हुन थाल्यो । ट्वाइलेट पनि परिवर्तन गरी चियर ट्वाइलेट तथा नुहाउनका लागि बाथटभ पनि तयार भयो ।

मेरो कोखमा रगतको डल्लो अडिइरहेको तीन पूरा भई चार महिनामा टेक्यो । भगवानको कृपाले आजसम्म मेरो कोख सहि सलामत छ ‘तर यो कुरा सैतानको कानमा चाहीँ नपुगोस् है भगवान ।’ म मन मनै भगवानलाई प्राथना गर्थे ।

घरमा म एउटै बुहारी भएको कारण सासु ससुराले खुईखुई गर्दै एउटा हातले पसिना पुछ्दै काम गरेको देख्दा मेरो मनमा माया दया पलाएर आउथ्यो । कठै बुढेसकालमा नाती नातीनीको अनुहार हेर्नका लागि यो सास्ती भोगीरहनु भएको छ भन्ने लाग्थ्यो । यो अवस्थामा न त मलाई काम गर्नेे आदेश पाउथे न त यो मनले नै मान्थ्यो । घरको राम्रा संग स्याहार सुसार भएको थिएन । बिचरी सासुले कताकता पो भ्याउँन् र मेरा श्रीमानलाई बाहिरको काम गर्दा ठिक्क हुन्थ्यो । बिहान उठ् काममा जाउँ बेलुका घर आउँदा ८ बज्थ्यो । यो जटिल परिस्थितीले मलाई बडो नमज्जा लागिरहेथ्यो । तर लाज लाग्यो भनेर घुम्टो ओडेर पनि बस्न सक्दिन थिए म ।

यस्तो अवस्थामा घरको हालत देखेर मैले श्रीमान कविरलाई भने–घरको साह्रै बिजोग भयो मेरो सानीमाको कान्छी छोरी केही नगरी घरमै छे उस्लाई ल्याउँ है, केही महिनाको लागि । कविरले हुन्छ भनेपछी सानीमालाई बहिनीलाई पठाइदिनस्् न भनेर अनुरोध गरे ।

बहिनी केही दिनपछि मेरो घरमा आई । बबिता साह्रै लजालु स्वाभावको थिई । प्राय उस्को शिर कहिले पनी उठ्दैन थियो । उस्को भेनाले बेलाबेलामा जिस्काउदा उ कत्ती दिनसम्म पनि भेनाको सामु आउँदिन थिई । खाना टेबलमा राखेको जानकारी दिएर आफु कोठामा गएर बस्थी ।

त्यस्तो लजाजु स्वभावकी मेरी बहिनी कति छिटो परिवर्तन भइछ मलाई पत्तै भएन । उ त मेरै श्रीमानसंग पो सल्कीन थालीछ । एकमहिना पछी पो मैलै थाहाँ पाए, त्यो पनि पल्लो घरको कमलाले भनेपछी । उनको कुरा पहिलो त पत्यार लागेन । पछि उनको गतिबिधिमा नजर राख्न थाले । उनको बदलिएको व्वयहारले म छाँगाबाट खसे झै भए । उफ् जिन्दगी कसै गर्दा पनि नहुने । आखिर जे हुनुपर्ने छ त्यो भएरै छाड्ने रहेछ ।

रातमा कविर सम्भोग बिना निदाँउन नसक्ने मान्छे कसरी अहिले सुत्न सकिरहेको होला ? सोच्थे, सायद मेरो हालतलाई बुझेर पनि होला । तर कुरा त अर्कै भइसकेको रहेछ । मेरी सोझी बहिनी यहाँसम्म पुग्लिन भन्ने लागेको थिएन । अनि आफुभन्दा बढी माया गर्छु भन्ने मेरा पोइ भनाउँदा यतिसम्म तल गिर्न सक्छ भन्ने पनि कहिले सोचेकी थिइनँ ।

बबिता मेरै सौता भईसकी जस्तो लाग्यो मलाई । मैले भने–भो पर्दैन अब तँ यहाँ बस्नु म काकाको छोरी ल्याउँछु तिमी अब आमालाई गएर घरधन्दामा सघाउँ ।’ तर उ मुखमुखै लागी । ‘काम पर्दा म बेगर भएन अहिले भने काकाको छोरी चाहियो ?’ उल्टै प्रश्न तेर्साएपछी म एकछिन चुप भए । त्यसपछि मौनतालाई भङ्ग गर्दै भने– ‘मैले गरेको विश्वासलाई तोड्छेस् भन्ने सोचेको थिइनँ, तलाई मैले बहिनी सम्झेर ल्याएको थिए सौता बनाउन हैन बुझिस्’ भन्दै चिच्याए । तर उ अटेर गरेर ठिङ्ग उभिरही । मेरो रिसले सिमा नाघेको थियो तर पनि म संयम भएर बसे । सबैको सहमतिमा फेरि एकमहिना बस्ने नै भई । मेरो लागि एक महिना त के एक सेकेण्ड पनी नबसोस् भन्ने थियो । तर म एक्लैको केही लाग्न सकेन ।

मैले गल्ति गरेछु आफ्नी बहिनी त कविरको लागि आहारा ल्याई दिएको पो रहेछु । मलाई के थाहाँ थियो र उ भोकाएको गोहीजस्तो भएको छ भन्ने कुरा । उनीहरुको यो चाहाना कहिल्यै पनि पूरा हुन नदिने अठोट गर्दै म बाहिर निस्केर चियोचर्चा गर्न थाले ।

एक साँझ म झ्यालबाट बाहिर हेरिरहेको थिएँ कविर नुहाईरहेको थियो बविताले उनको जिउँमा साबुन दल्दै घरीघरी अगाडी छात्तीमा पनि हात घुसार्दै जिस्कीरहेकी थिइ । मेरो आँखाले स्पष्ट देखेपछि भने विश्वास नगरी बस्न सकिनँ ।
यती सम्म छिल्लिएको देख्दा यिनीहरु बिचको विस्तरा सम्मको सम्बन्ध छैन होला भनेर कसरी विश्वास गरु ? किन की, कयौ रात म बाट अलग रहेर कविरले बिताएको मलाई याद छ ।

त्यसपछिका दिनमा मैलै कहाँसम्म पुग्दो रहेछ उनीहरुको यस्तो तमाशा भनी चियाउन छोडीन् । पीडाबोधले मेरो छाती चिरीएर टुक्रा टुक्रा हुँदासम्म पनि उनीहरुको चरित्र हेर्न म चुपचाप बाध्य भए ।

केही दिनपछी आफैले आफैलाई अन्याय गरे जस्तो लाग्न थाल्यो र न्यायको खोजीमा म सानिमालाई बोलाएर उनीहरुको बिचको सम्बन्ध बारे जानकारी दिए । अनि सानिमा बहिनीलाई लैजान तयार हुनुभयो । तर, कविरले ‘अब बच्चा हुन पनि धेरैदिन बाँकी छैन, सुत्केरीबाट उम्केपछी त उसैले घरधन्दा गर्न थाल्छे अनि बविता घर आफै आउछिन् सानिमा’ भने । अनि सासुससुरा पनि एकमुख लागेपछी बविता झन खुशी भइ । सानिमा एक्लै फर्किनु भयो ।

बबिता मेरै सौता भईसकी जस्तो लाग्यो मलाई । मैले भने–भो पर्दैन अब तँ यहाँ बस्नु म काकाको छोरी ल्याउँछु तिमी अब आमालाई गएर घरधन्दामा सघाउँ ।’ तर उ मुखमुखै लागी । ‘काम पर्दा म बेगर भएन अहिले भने काकाको छोरी चाहियो ?’ उल्टै प्रश्न तेर्साएपछी म एकछिन चुप भए । त्यसपछि मौनतालाई भङ्ग गर्दै भने– ‘मैले गरेको विश्वासलाई तोड्छेस् भन्ने सोचेको थिइनँ, तलाई मैले बहिनी सम्झेर ल्याएको थिए सौता बनाउन हैन बुझिस्’ भन्दै चिच्याए । तर उ अटेर गरेर ठिङ्ग उभिरही । मेरो रिसले सिमा नाघेको थियो तर पनि म संयम भएर बसे । सबैको सहमतिमा फेरि एकमहिना बस्ने नै भई । मेरो लागि एक महिना त के एक सेकेण्ड पनी नबसोस् भन्ने थियो । तर म एक्लैको केही लाग्न सकेन ।

जसोतसो महिना पनि बित्यो र मेरो कोखबाट छोरीले जन्म लिई । सबैको अनुहारमा खुशी देखीए पनि सासु आमाको अनुहारमा भने ओैशीको मध्यरातले ढाकेजस्तो देखिन्थ्यो उहाँलाई नातीनी हैन नाति चाहेको थियो । जुन मेरो हातको कुरो थिएन ।

म हल्का हुँदै गए घरमा ठास्सठुस्स चलिरह्यो । कहिले मेरो र कवीरको कहिले बहिनी बबितासंग त कहिले सासूसंग । यस्तै यस्तै कुरामा झगडा सुरु हुन थाल्यो । बबिताले पनि घर छाडेर जान मानिन् या त छाड्न दिएन कबिरले त्यो बुझ्नै सकिएन । उसले बबितालाई द्धर पठाउने कुरामा सधै आलाटाल गरेर कुरा टारीरह्यो ।

छोरि पनि पाँच महिनाको भैसकेकी थिई । रातमा कहिलेकाही कवीर हराउने गथ्र्यो । घरमा अशान्ति होला भनी सबै सहेर बसे ।

विदेशमा आएको धेरै समय भयो । ललिपप र पुतली जामा ल्याइदिनु भनेकी मेरी छोरीले कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छे ‘आमा आउँने बेला भएन ?’ भन्छे । म जवाफमा भन्छु– ‘तिमीलाई मिठाई त किने अब पुतली जामा किन्ने पैसा पुगेको छैन काम गरेर किनेर ल्याउँछु नी नानी ।’ फेरि उ भन्छे–हुन्छ आमा चाडैँ आउँनु होस् है ?’

त्यसरी नै धेरैदिन बित्यो । तर, एकदिन ममा भएको धर्यताको बाध फुट्यो । सहन सकिनँ । बहुलारुपी व्यवहार देखाएपछि बबिताले आफ्नो लुगाफाटा बोकेर घर गई । तर अझै पनि म ढुक्क रहन सकिनँ किन कि, कबिर कहिलेकाही घर नै आउदैनथ्यो भने बबिता पनि घरबाट हराएको खबर पाइरहेँ ।

बविताका कारण घरमा दिनहुँजसो झगडा हुन थाल्यो । कहिले सासू ठुस्किने कहिले ससुरा । लोग्ने त लोग्ने भैगयो प्राय घरमा आउँनै छोड्यो । छोरा घरमै आउन छाडेपछि सासुससुराले पनि मलाई नै दोष दिन थाले । कोलाहलको बिचमा हुर्किदै मेरी छोरी तीन सालको भैईसकेकी थिई ।

मेरो बिचारहरु, सोचहरु बद्लिदै जान थाले । म आफू र मेरी छोरीलाई कोलाहलबाट भगाएर टाढा लैजान चाहान्थे ।
एकदिन माईतीमा गएर सारा वृतान्त अनि मनको पीडाहरु आमालाई सुनाएपछी म विदेश जाने योजना बनाए । आमाबुवाले पनि त्यसमा सहमति जनाउनु भयो ।

भाइले भन्दै थियो– ‘जानू पर्दैन दिदी विदेश–सिदेश । बरु यही बाटोको किनारमा चिया पसल खोलेर बस हामी पनि छौ सहयोग गर्नलाई । भान्जी पनि ठुली हुदैछिन् ।’ भाइकै कुरामा बहिनीले साथ दिदैं भनी– हो दिदी जानू पर्दैन । यही केही गर्नुस्, बरु हामी संगै बसौला हुन्न ।’ अनि माहिली बहिनीले पनि त्यहि भनि–हो दिदी नजानुस् विदेश । संगै बसेर केही गरौला । भेनाजु तपाईको साथमा नभएर के भयो त हामी त छौ नि ! संगै मिलेर यही पसल गरौला हुन्न र ? सानीलाई यही नजिकैको स्कूलमा लगाई दिउला । विदेश त्यति सजिलो छैन दिदी ।’ बाबाले पनि बिदेश गएर दुःख पाउनु भन्दा यहि केही गर्न सल्लाह दिनुभयो ।

सबैको कुरा सुनेर मन दोधार भयो । के गर्ने के नगर्ने भन्ने अलमल्मा परे । एकछिन सोचेर भने–होस् बाबा म जान्छु यहाँ बसेर म कसैको तगारो बन्न चाहान्न । फेरि कविरले पनि मलाई यहाँ केही गर्न दिदैन । उस्को अहम् म तोड्न सक्दिन म सधै उस्को कमारा भएर पनि बस्न पनि सक्दिनँ । भो मलाई जान दिनुहोस् बाबा, मलाई सम्झेर मेरो छोरी यही राखीदिनु होस् हुर्काईदिनु होस् यति भए पुग्छ मलाई ।’

मेरो कुरामा सबै मौन भएर मेरो बाटो खुल्ला गरिदिनु भयो ।

म घर आए । कविलाई फुर्सद नमिलेपछि ससुरामार्फत पासपोर्ट बनाए ।

सासुआमाले जानू पर्दैन घरमा काम गर्ने कोही छैन भन्नू हुँदै थियो । ससुराबाले पनि ‘छोरालाई बाटो खुल्ला हुन्छ तिमी गयौ भने, तिमी जानू राम्रो हैन बुहारी, यो गल्ती नगर ।’ भन्दै सम्झाउनु भयो । मैले सोचेर जवाफ दिए–‘अहिले पनि त मैले कविरको बाटो छेकेको कहाँ छु र बुवा कविर आफैले मलाई पन्छाएर बाटो बनाई बबितासंग गएर बस्छ । यो तपाई– हामीलाई राम्रो थाहाँ छ हैन र ? फेरि म यहाँ बसे नै भने पनि आखिर एकदिन कविरले म माथि सौता ल्याउने नै छ । त्यो बेला अपमान सहनु भन्दा बरु अहिले नै उस्को बाटोबाट हट्नु राम्रो हो बुवा । त्यसैले म जान्छु । मैलै छोरीको लागि पनि त सोच्नु छ मलाई जान दिनुहोस् एकदिन फर्केर म तपाईहरुलाई लिन आउँछु ।’

म हिँडेपछी झन कविर र बबितालाई झन् स्वतन्त्रता मिलेछ क्यारे बबिता गर्भवती भइछ । गर्भवती भएपछि त झन भित्राउँनै कर लाग्यो । तर, बबिता न त कविरको असल स्वास्नी भई न त त्यो घरको असल बुहारी हुन सकी । उस्ले त मात्र कविरको पैसासंग माया गरेकी थिई भन्ने कुरा कविरले ख्यालै गरेन । यदी त्यो मायालाई ख्याल गरेको भए आज यो दिन देख्नु पर्ने थिएन र उस्ले पनि यो दिन भोग्नु पर्ने थिएन । जे होस् कविरलाई पश्चाताप भएको छ आजभोली । उस्लाई बबिताले छोरा उपहार दिएर अन्तै हिँडिछ ।

यति भनेर म आफ्नो सरसामन तयार गर्न थाले । छोरीलाई माईती घरमा लगेर राख्ने भए । घरमा छोरीलाई हेर्ने फुर्द कसैलाई थिएन । सासुआमा घर धन्धामा ठिक्क । ससुरालाई खेतबारीको कामले फुर्सद हुन्न । अनि कविरको त कुरै नगरौ, हामीलाई दिने समय नै छैन उसँग ।

म हिड्ने दिन पनि आयो छोरीलाई तयार गर्दै म आफू पनि तयार हुँदै थिए कविर आएर पचास हजार हातमा थमाईदिदै भन्यो “रामरी जानू“ उस्ले मलाई भन्ने शब्द यति बचेको रहेछ । त्यो पनि आजबाट सकियो । उसले हिँड्ने बेलामा शुभयात्रासम्म भन्न भ्याएन ।

माईती घरमा पुगी दुईचारदिन बसेर गाउँकै एजेन्सी दाईको पछी लाग्यौ म लगायत केही साथीहरु ।

छुट्ने बेलामा छोरी सानीलाई भनेको थिए– “रामरी बस्नु है मेरो नानी, म तिम्रो लागि राम्रो नाना र मिठाई लिएर आउँछु, म नआईन्जेल कसैलाई दुःख नदिनु सबैले भनेको मान्नु, नरुनु पनि ज्ञानी भएर बस्नु है । उ खुशी हुँदै भनेकी थिई– हुन्छ आमा लालीपप् र पुतली जामा ल्याईदिनुस् है म नरुई बस्छु !’

विदेशमा आएको धेरै समय भयो । ललिपप र पुतली जामा ल्याइदिनु भनेकी मेरी छोरीले कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छे ‘आमा आउँने बेला भएन ?’ भन्छे । म जवाफमा भन्छु– ‘तिमीलाई मिठाई त किने अब पुतली जामा किन्ने पैसा पुगेको छैन काम गरेर किनेर ल्याउँछु नी नानी ।’ फेरि उ भन्छे–हुन्छ आमा चाडैँ आउँनु होस् है ?’

मैले छोड्दा तोते बोली थियो अहिले त कति मीठो कोईली झै बोल्छे सुनीरहुँ जस्तो लाग्छ उसको उस्को निर्दोष बोली ! आजभोली त भन्न थाली– “भो आमा मलाई केही चाहिन्न अब म ठुली भईसके मलाई मात्र आमा चाहिन्छ ।’

मैले घर छोडेर हिडेको पनि तीन साल भएछ । अब त म घर फर्किने दिन पनि आयो । ओैला गनेर प्रतीक्षामा बसेको अब पूरा हुदैछ ।

म हिँडेपछी झन कविर र बबितालाई झन् स्वतन्त्रता मिलेछ क्यारे बबिता गर्भवती भइछ । गर्भवती भएपछि त झन भित्राउँनै कर लाग्यो । तर, बबिता न त कविरको असल स्वास्नी भई न त त्यो घरको असल बुहारी हुन सकी । उस्ले त मात्र कविरको पैसासंग माया गरेकी थिई भन्ने कुरा कविरले ख्यालै गरेन । यदी त्यो मायालाई ख्याल गरेको भए आज यो दिन देख्नु पर्ने थिएन र उस्ले पनि यो दिन भोग्नु पर्ने थिएन । जे होस् कविरलाई पश्चाताप भएको छ आजभोली । उस्लाई बबिताले छोरा उपहार दिएर अन्तै हिँडिछ ।

आज सपना जस्तै लाग्छ ती दिनहरु सम्झिदा । जब बविताले छोडेर गएपछि कबिरलाई एक्लोपनले सताउनु मात्र हैन छोरा हुर्काउन र घर चलाउन निकै गाह्रो भयो । त्यसैले होला आजकल मलाई उसले अनुनय विनय गर्न थालेको छ । ‘बितेको कुराहरु भुलेर माफी दिएर फेरि मेरो जीवनमा फर्की आउँ’ भन्न थालेपछी सबैको सल्लाह र सुझावमा म फेरि कवीरको जीवनसंग जोडीन जादैछु ।

सम्झिदा यस्तो लाग्छ साच्चै ती दिनहरु रातमा देखीएको सपना हो जो बिहान बिउँझिदा सपना, सपना मात्र हुन्छ । आज त्यस्तै भयो मेरो जीवनमा पनि र रातको सपना सम्झेर म फेरि कविरसंग जोडिन जादैछु । आखिरमा जिन्दगीको अर्को नाम ‘सम्झौता’ पनि रहेछ । त्यसैले त कविरसंग सम्झौता गर्दैछु । पुनः म उस्को जीवनमा फर्कीदैछु !!

चन्द्रा जोशी ‘सुमन’ लेबनान

 

वि.सं.२०७८ फागुन ७ शनिवार ०९:३९ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...