back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ फागुन ७ शनिवार

1.6K 

shares

(१)
मान्छेले मुर्ति को अगाडि, दस औंला जोड्ने गर्छ
तर जन्म दिने बाआमा, आश्रम लगि छोड्ने गर्छ
मान्छेले धर्म नमानेपछि, हड्डी र मासु नठानेपछि
प्राप्तीको निम्ति, रगतको नातालाई तोड्ने गर्छ ।

(२)
श्वास पनि बुबाले खलाँतीले जस्तो, फेरेको देख्छु
आजभोलि तिमी आउने बाटो मात्र, हेरेको देख्छु
उमेरले पनि डाँडा काट्यो, यौवनले बुढोपन साट्यो
हर रातको सपनीमा गिध्दले घरलाई, घेरेको देख्छु ।

(३)
प्रकृतिलाई साँच्ची राखेर, माया गरि दिउँला
उजाड मनको गराहरूमा, बुट्टा भरी दिउँला
तिमी त मेरो खास छौ, भबिस्यको आस हौ
तिमीले साथ दिएनौं भने, एक्लै मरि दिउँला ।

(४)
आमा हैन उनी श्रीमती, तर रहर गर्थि मैले पढेको हेर्न
असल काम गरिगरी, समाजको अगाडि बढेको हेर्न
उनिले सधैं ईश्वर जप्थिन्,मेरो दुःखमा खुसी थप्थिन्
समस्थल धराबाट, एकपछि अर्को सिडि चढेको हेर्न ।

(५)
लाग्छ जिन्दगानी, हासी खुसी भइ जीउन सकौं
च्यात्तिएको मन, सियो र धागो भइ सिउन सकौं
प्रेमको जगेर्ना गर्नु पर्दा, बसन्त नआई झर्नु पर्दा
स्नेहपूर्बक जहर दिँदा, सोमरस झैँ पिउनु सकौं ।

पबित्रा चाम्लिङ, खोटाङ

वि.सं.२०७८ फागुन ७ शनिवार ०९:०३ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...