१
नर नारी एकै हुन्
भेदभाव छैन सृष्टिको
ईश्वरले देकै हुन् !
२
देब्रे हात भनेर
भेदभाव गर्यो मान्छेलै
तल्लो जात भनेर !
३
दुई पाटा सिक्काका
नारी नभै सृष्टि धानिन्न
आधा भाग ढिक्काका !
४
समाजको निमित्त
नारी शिक्षा हुन्छ जरुरी
लौ आजको निमित्त !
५
सत्ता धान्न सक्दछन्
मौका पाए भने नारीले
जेनि जान्न सक्दछन् !
बिन्दु पौडेल, दाङ
वि.सं.२०७८ फागुन ७ शनिवार ०९:०१ मा प्रकाशित






























