back
CTIZAN AD

खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने : आयुक्त चन्द

वि.सं.२०७८ फागुन २७ शुक्रवार

807 

shares

जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको बताए ।

विभिन्न किसिमको भ्रष्टाचारका लागि विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भए पनि तीमध्ये सबैभन्दा माथि नैतिक शिक्षा भएकाले नैतिकरुपमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने बोध नहुञ्जेल भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ भएको आयुक्त चन्दको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले हाम्रो संस्कारमै भ्रष्टाचार रहेकाले त्यसलाई निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउनु पर्नेमा सुझाव दिए ।

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, आयोगको जिल्लास्थित कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले प्रस्तुत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेकामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिकर्मी, सङ्घ, सङ्गठन, बुद्धीजीवी नागरिक समाज र सञ्चारकर्मीको सहभागिता थियो ।

 

वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:१५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...