काठमाडौं । अब विदेशबाट आउने नेपालीहरुका लागि पिसीआर अनिवार्य नहुने भएको छ ।
यसअघि नेपाल प्रवेश गर्ने यात्रुले ७२ घण्टे पिसीआर र दुवै मात्रा खोप अनिवार्य लगाएको कार्ड पेश अनिवार्य रहेकोमा अबका दिनमा भने दुवैमात्रा खोप लगाएको कार्ड पेश गरे मात्र हुने भएको छ ।
अध्यागमन विभागद्धारा जारी सूचना अनुसार हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड १९ विरुद्धको पुर्णमात्रा खोप लगाएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । यदि दुवै मात्रा खोप लगाएको प्रमाणपत्र पेश गर्न नसकेको खण्डमा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षण -RTPCR,True NAAT Gene Xpert) को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
अध्यागमनका अनुसार नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरुका लागि गन्तव्य मुलुकको कोभिड १९ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धीत एयरलाईन्सले आफ्ना यात्रुहरुलाई जानकारी गराउनुपर्नेछ ।
त्यसैगरी यसअघि कोभिड १९ सम्बन्धमा जारी भएका विभागका सूचनाहरु समेत खारेज गरिएको सूचना समेत जारी गरेको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:१६ मा प्रकाशित






























