back
CTIZAN AD

लघुकथाः होली

वि.सं.२०७८ चैत ५ शनिवार

915 

shares

टंकबहादर आलेमगर
त्रियुगा नगरपालिका–११, संगमटोल
उदयपुर, १ नम्बर प्रदेश

च्वाँ च्वाँ च्वाँचे कराको सुनेर घाँस बटुल्दै गरेकी साइँलीले घोत्ली रुखमा चढेर घाँस झार्ने लोग्नेलाई भनि ’किन आज मतानेको सुङुर ढालेको ?’

‘उँ ! पोक्ची पनि थाहा छैन, भोलि फागु पूर्णे हो ।’

‘अनि हामी चाहिँ फागु नखेल्ने ?’

‘खेल्ने । रङ् खेल्न पैसा लाग्छ । टारबारीको डल्ला फोरेर धूलो खेल्ने ।’

‘उँ चुइयाँ बुढो ! न भ्यागुतो धार्नी पुग्छ न तिमीलाई धनले पुग्छ ?’ साइँलीको आँखा रसायो ।

‘हेर बुढी हाम्रो काटिएको इच्छाले भोलि छोरा छोरीले सुख पाउँछन् ।’

छोरा छोरीको शब्दले साइँलीको ओठमा मुस्कान तानियो ।

#

अस्पताल ।
म बिमारी रुङुवा ।
आधारातमा बिमारीले पानी माग्यो ।

पानी थिएन वोतल लिएर धारा तिर दगुरेँ । धारै अगाडि अकास्मिक कक्ष भरि देख्छु मान्छेको घुइँचो । म पनि त्यता आकर्षित भएँ । देखेर तरङ्ग तर्सिएँ । ह्वासह्वास रगतको गन्ध । दुखाइका चित्कार, विविध अङ्गमा विविध प्रकारको चोट नीलडामहरू । पीडितरू कोही ट्याटु खोपेका, चुल्ठो पालेका कुनै मुन्द्रो, टपलाउनेहरू । कुनै साधारण छविका पनि ।

रोइरहेका चालिस नाघेका मान्छेहरू ।

एउटी नर्सलाई सोधेँ, ‘यो के हो ?’
उसले खुस्रुक्क भनि ‘अंकल होलीको कमाल ।’

#

एकजना रङ्ले निथ्रक्क भिजेको युवा, सडक छेउमा रोइरहेको देखेर नजिकै गएर सोधेँ ।

उसले करुणार्द्र गर्याे ‘आज आमाको वर्षदिने । मन्दिर जाँदै थिएँ । नहान भन्दा भन्दै एकहूल आठ दश वर्षे बाबु नानीहरूले रङ् छ्यापिदिए ।

मैले सम्झाउँन खोजेँ । तर ऊ भन्दै थियो आमाको सराप लाग्ने भयो ।

#

फागु केहो ?
उसले सगर्व भन्यो ‘नेपाली चित्र ।’

मैले बुझिनँ ।
बहू रङ् बहू जाति । बहू भाषी , बहू भेषी ।

नकारात्मकता ?
दुरुपयोगको पराकाष्ठा ।

खै ! के गर्ने त ?
संयमता भित्र विवेकको धुरी ठड्याउनु सबैको कर्तव्य ।

#

सालोले ह्वाल ह्वाल छाद्यो ।

‘यसिमा घोप्टे ! खान पाए भन्दै जे पनि खानु त ?’, ससुराको गर्जन ।

‘चुपलाग के लाग्यो मेरो बाबुलाई ।’ सासुको ममता ।

‘लाग्छ के के तेरो छोरालाई । बलेकामा गएर भाङ् धोकेर शिव बनेको अरे ।’ फेरि ससुराले दाह्रा कम्टियो ।

‘अब के होला ।’ सासुको भय ।

मैले भुन्टी सालीलाई सोधेँ, ‘के भा को ।’

सालीले मुसुक्क हाँस्दै भनिन् ‘ह्याप्पी होली ।’

 

वि.सं.२०७८ चैत ५ शनिवार ०५:४९ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...