back
CTIZAN AD

दस टुक्का कविताहरू

वि.सं.२०७८ चैत ५ शनिवार

924 

shares

अच्युत घिमिरे
तिरखोला गाउँ, दोभान, भुटान
हाल  DCCL, ङाङ्लाम (Nganglam)

१.
माया जोखेर जोखिन्न,
दुःख पोखेर पोखिन्न ।

२.
सोचेजस्तो जीवन, सहमति बनेको,
सबैलाई मद्दत मानवता भनेको ।

३.
शान्ति खोज्दै नहिँड शहर गाउँ घर,
मनलाई चिने मिल्छ शान्ति यही वर ।

४.
कहिलेकाहीँ सम्झि बसेँ एकान्त ठाउँमा,
विदेश बाट फर्कन्छु अब आफ्नै गाउँमा ।

५.
आएको यहाँ सोचेर केही रौनक होलीको,
रंग्याउ शिर, नमानी पीर तनाव भोलीको ।

६.
जता बग्छ खोलो तेतै बग्छ नाला,
हुनेखाने खुल्ला, दुखिलाई ताला ।

७.
बाबा र आमा अमूल्य धन नभुल्नु कहिले,
सहारा दिने कर्तव्य बुझि सजाऊ जहिले ।

८.
कहीँ जेल पस्यो भने फर्केर आउला,
गएको इज्जत् अब किन्न कहाँ पाउला ।

९.
धर्ती राम्रो आकाशको झलमल्ल ताराले,
देश राम्रो जनले बनाउँ आफ्नै पाराले ।

१०.
बिहानीको झुल्के घामले थाल्यो सितको थोपा चुम्न,
इच्छा थियो मुर्मा गाउँ नजीकको रारा लेक घुम्न ।

 

वि.सं.२०७८ चैत ५ शनिवार ०५:४६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...