back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ चैत ५ शनिवार

876 

shares

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति ),इलाम

यी मेरा पीडा हुन् साथी, खाली अक्षर नसम्झिनू ;
तृप्ति मुहान बन्नेछन्, प्यासी बगर नसम्झिनू ।

यी पाईला पाईला नापेर, सुस्तरी चाल्नु पर्दछ;
जिन्दगी सम्झौता यौटा, यसलाई समर नसम्झिनू ।

को सक्छ नहेरी बस्न, यौवन त्यो वहारको ?
सौन्दर्य पिउँछन् आँखा, लोभी नजर नसम्झिनू ।

मेरो औजार हो साथी, द्वार हो अभिव्यक्तिको;
आत्म सन्तुष्टि पाउने, झिनो रहर नसम्झिनू ।

संसार बदल्ने सम्मको हुन्छ शक्ति साहित्यमा;
पड्कन सक्छ बिद्रोह, मूक अधर नसम्झिनू ।

 

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...