back
CTIZAN AD

छन्द कविता : तुच्छतात्याग उच्चतासाथ

वि.सं.२०७८ चैत ५ शनिवार

909 

shares

दीनानाथ पोख्रेल, इलाम

उदात्त भावका घडा छ फूल बाग सुन्दर ।
सुवास शान्ति साधना प्रफुल्लता मनोहर ।।
कराल क्रोध चेतमा रहन्न शेष क्यै पनि ।
म काव्यपानमा रमूँ उराल्छ भाव लेखनी ।।०१।।

विधान छन् अदृश्यका उदात्त सौख्य सिर्जना ।
टपक्क चेतले टिपे सजीव लाग्छ साधना ।।
अमेल वक्षका सबै हटेर उठ्छ चिन्तन ।
खिलेर हार माथमा प्रसून धारका पन ।।०२।।

अमेल वक्षभित्रका बगेर बन्छ शुद्धता ।
मनुष्य रम्छ कर्ममा चिनेर मार्ग स्वच्छता ।।
घुमेर सूर्य आउँदा सुदृश्य सान छर्दछ ।
हियारले सधैँ खुली स्वदेशगान भर्दछ ।।०३।।

सुकर्मले सुप्राप्तिको सुमार्गमा हिँडाउँछ ।
घुमेर डुल्छ चेतमा विशाल हर्ष ल्याउँछ ।।
खुलेर कर्ममा रमे डरेर भाग्छ दुर्दिन ।
डटूँ मिलेर मार्गमा सकूँं म सौख्य सिर्जन ।।०४।।

अनन्त सौख्य चेत यो गमेर रम्न खोज्दछ ।
भरूँ म शान्तिको घडा अवश्य स्रोत मिल्दछ ।।
अशेष छन् अनेकता जडेर दिव्य एकता ।
छरूँ सधैँ म प्रेमले सुकृत्य कर्म भव्यता ।।०५।।

जसै बिहान सूर्यले उठेर पाउ राख्दछ ।
रमेर चेत हेर्छ यो सुवर्ण तुच्छ लाग्दछ ।।
भगाउँदै स्वगेहका दरिद्र दुष्ट चिन्तन ।
जुटेर कर्ममा जमूँ हटाउँदै अकिञ्चन ।।०६।।

फटाउँछन् विधर्मका अपाच्य दुष्ट चिन्तन ।
दुखाउँदै स्वचेत यो बनाउँछ्न् अकिञ्चन ।।
सधैँ दुखेर के लिएँ ? विचार गर्न योग्य छ ।
सबै मिलेर उक्लिए अपार हर्ष भव्य छ ।।०७।।

छन्द :पञ्चचामर
गण : ज र ज र ज गु.
सङ्केत :isi    sis     isi      sis     isi      s
विश्राम : आठ अक्षर र पादान्तमा

 

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...