back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत ५ शनिवार

786 

shares

लक्ष्मी स्मृति, बिराटनगर, मोरङ


बासी भातलाई फ्राईङ्ग राईस रे कस्तो अचम्म छ
त्यहि खाँदा पनि भेरी नाईस रे कस्तो अचम्म छ
मासुसँग भुटेको भात मस्त चपाएको देखे पछि,
आहा बिरयानी कहाँ पाईस रे कस्तो अचम्म छ ।


मिठा मिठा बात खोज्छन माया लाउनेहरु
फगत मधुर रात खोज्छन माया लाउनेहरु
फकाई फकाई अन्तरंग सबै हर्छन पहिला
अन्तमा चाँहि जात खोज्छन् माया लाउनेहरु ।।


सँधैभरि यहाँ यस्तो रिती किन हुन्छ होला
अबुझ जस्तै परिस्थिति किन हुन्छ होला
जो पुग्छन् आफ्नै मान्छे मात्रै पो च्याप्छन्
यस्तो स्वार्थी राजनीति किन हुन्छ होला ।


घरि आँखा सन्काउँछन्,घरि मुख बङ्ग्याउँछन्
जिउभरी अनेक खोपी सारा शरिर रङ्ग्याउँछन्
हेर्दा हेर्दै प्रतिश्पर्धाको समय पनि कस्तो आयो
छोप्नु पर्ने अङ्ग उघारी आँफैलाई नङ्ग्याउँछन् ।


मनभरी मात्र बिकार कोच्ने मेरै मान्छे होलान्
घरि घरि यो दिलमा घोच्ने मेरै मान्छे होलान्
छाडिदेऊ अरुको हिम्मत कहाँ हुन्छ र यस्तो
मेरो बारेमा खराब सोच्ने मेरै मान्छे होलान् ।

 

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...