back
CTIZAN AD

सनराइज बैंकद्वारा मधेश प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

वि.सं.२०७८ चैत ११ शुक्रवार

843 

shares

११ चैत, काठमाडौँ । मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहमा साथ जनाउदै सनराइज बैंकले पनि प्रदेश २ मा विभिन्न शाखामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो । एनबिआईसंग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागीभई साक्षरता प्रदान गरेका थिए ।

वित्तिय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब समेत गौरको कार्यक्रममा सहभागी भएका थिए । उनले वित्तिय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिताबारे सहभागीहरुलाई साक्षर हुन आग्रह गरेका थिए ।
१०० जनाभन्दा बढी स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमहरुमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १६:५७ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...