back
CTIZAN AD

आधुनिक नेपाल लाइफ पाठशालाको शुभारम्भ

वि.सं.२०७८ चैत ११ शुक्रवार

729 

shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर) मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रुपमा उक्त “नेपाल लाइफ पाठशाला” को समुद्घाटन गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तब्य व्यक्त गरे । कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न “नेपाल लाइफ, पाठशाला” को स्थापना गरिएको बताए । आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरु मार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरु राम अवतार अग्रवाल र बिमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी, विभागिय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १७:०८ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...