back
CTIZAN AD

कामना सेवा विकास बैंकद्धारा क्रेडिट कार्ड सेवा संचालनमा

वि.सं.२०७८ चैत २२ मंगलवार

690 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्ड सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड जारी गरेको हो ।

विकास बैंकमा पहिलोपटक क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याइएको बैंकले दावी गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयूक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरे ।

सो अवसरमा अध्यक्ष आचार्यले विकास बैंकहरुमाझ नयाँ खालको प्रोडक्ट ल्याई सेवा प्रवाह गर्न कामना सेवा सधैं अगाडि रहेको बताए ।

पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटीएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रूपैयाँ १ हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने छ ।

कार्डबाट वस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, कार्डको सीमा नेपाली रूपैयाँ १५ हजार देखि ५ लाखसम्म रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार ०७:२६ मा प्रकाशित

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...