back
CTIZAN AD

बानाको अध्यक्षमा सुबोध विलास पन्त बिजयी

वि.सं.२०७८ चैत २२ मंगलवार

720 

shares

विजय थापा । बानाको अध्यक्ष पदमा सुबोध पन्त विलास बिजयी भएका छन् ।

अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैर मुनाफामुलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि पन्त समूहबाट उम्मेदवारी दिएकाहरु मध्ये अधिकांश उम्मेदवार विजयी भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक लगभग सबै पन्तका समूहका उम्मेदारहरु बिजयी भएका छन् ।

पन्तका तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार अनिल गोदार उप बिजेता भएका छन् । सुबोध पन्त दोश्रो कार्यकालकालका लागि पुन बिजयी भएका हुन् ।

निकै प्रतिस्प्रर्धा रहेको निर्वाचनमा हिरा लाल गुरुङ पनि सशक्त उम्मेदवार रहेका थिए भने उनी पन्त अध्यक्ष हुँदा उनी वरिष्ठ उपाध्यक्ष पदमा रहेका थिए ।

May be an image of 16 people, people standing and indoor

२०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरुमा क्रमस अध्यक्ष पदमा सुबोध विलास पन्त ,वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे र कोषाध्यक्षमा पार्वती सिंह ऋचा बिजयी भएका छन् ।

यसैगरी कार्यकारी समितिको सदस्यहरुमा क्रमश ःबसन्त बस्नेत ,भुपेन्द्र गुरुङ ,इशा गुरुङ, खिम बहादुर मश्रांगी, सन्तोष घिमिरे, सरु बिश्वकर्मा, श्याम कृष्ण कोइराला ,र यमुना घिमिरे विजयी भएका छन् ।

उपाध्यक्ष पदमा भिम केसी तथा सचिव पदमा हिरा खत्री पहिले नै निर्बिरोध बिजयी भै सकेका छन् ।

वि.सं.२०७८ चैत २२ मंगलवार १३:३० मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...