back
CTIZAN AD

अखिल भारत नेपाली एकता मन्चको दक्षिण पूर्वी दिल्ली नगरको भेला तथा प्रशिक्षण सम्पन्न

वि.सं.२०७८ चैत २८ सोमवार

966 

shares

दिल्ली । अखिल भारत नेपाली एकता मन्च केन्द्रीय समिति दिल्ली राज्य समितिद्वारा सञ्चालन दक्षिण पूर्वी दिल्ली नगर बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अप्रैल १० मा सम्पन्न उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा दक्षिण पूर्वी नगरसमितिका अध्यक्ष दीपक बिकको अध्यक्षता र केन्द्रीय समिति तथा राज्यसचिब अटल परियारको सञ्चालनमा उक्त कार्य्रकम सम्पन्न भएको थियो ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका केन्द्रीय उपमहासचिब आर बि खड्काको प्रमुख आतिथ्यता र एकता मंचका नेता मानु श्रेष्ठको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा केन्द्रीय समिति सदस्य नारायण बिक, केन्द्रीय सदस्य अर्जुन दयाल केन्द्रीय सदस्य तथा राज्य उपाध्यक्ष,सूर्य राना, केन्द्रीय सदस्य तथा राज्य कोषाध्यक्ष कमला थापा, राज्य सहसचिब दिपक परियार, राज्य सदस्य ऋता लिम्बू तथा आम आदमी पार्टीका युवा नेता आरिज खान उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा आगामी वैशाख ३० गते स्थानीयतहको र १ वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट दिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयम चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले भारत प्रवाशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नजदिक आइरहेको निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गराउनका लागि स्वदेश फर्किएर प्रचार–प्रसार अभियानलाई तिब्र बनाउन अनुरोध गरेका थिए ।

खड्काले संघीयता र गणतन्त्र हासिल गर्नका लागि प्रवासी नेपालीको पनि ठूलो त्याग र योगदान रहेको भन्दै प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेकोमा दुःख व्यक्त गरे ।

No description available.

‘प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन । ५६ प्रतिशत रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसकेको छ,’ खड्काले भने, ‘नेपाली जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । सर्वोच्चले २०७४ मा विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन दिएको आदेशलाई कार्यान्वयनमा लैजानुपर्छ ।’

कार्यक्रममा आम आदमी पार्टी दिल्लीका युवानेता आरिज खानले नेपाली समुदायलाई पर्ने समस्यामा आफ्नो पार्टीले पूर्ण सहयोग रहने प्रतिबद्धता गर्दै नेपाल र भारतका जनताको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए ।

बिषेश अतिथि मानु श्रेष्ठले प्रवासी नेपालीमाथि सिमाना लूटपाट, बैंक खाता खोल्न समस्या, हिमांचलका मजदूर माथि अन्याय भएको बताउँदै नेपाली दूतावास र भारत सरकारको यी समस्यामा गम्भीर ध्यान दिनुपर्ने बताएका थिए ।

सोहि अवसरमा दिपक बिकको नेतृत्वमा नगर समिति गठन भएको थियो ।

झन्डै चार सयको उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

वि.सं.२०७८ चैत २८ सोमवार १३:३९ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...