
हास्य कलाकार धुर्मुस सुन्तली दम्पतीद्धारा स्थापित ‘धुर्मुस सुन्तली फाउन्डेशन’ द्धारा निर्माण गर्न लागिएको ‘मुसहर वस्ति निर्माण’ कार्यलाई आर्थिक सहयोग पु¥याउन अमेरिकाको बोस्टनमा आज भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
बोस्टनको हिमालयन बिस्ट्रो नेपाली रेष्टुरेण्टमा उत्साहपूर्ण सहभागिताका माझ करिब १० हजार डलर भन्दा माथि रकम उठिसकेको र उठ्ने क्रम जारी रहेको बताइएको छ ।
सहयोगी दाताहरुको नाम प्रष्टरुपमा आइनसकेकोले कसले कति सहयोग गरे भनेर भन्न नसकिएको बताइएको छ ।
कार्यक्रममा सहभागी हुन नसक्नु भएका र सहयोग गर्न इच्छुक महानुभावले यसै समाचारलाई आधार मानेर ‘मानबता र सद्भावका लागि सहकार्य राष्ट्र निर्माणमा तपाइ् हाम्रो अभियान’ भन्ने मुल भावलाई आत्मसात गरेर सहयोग गर्न सकिने पनि आयोजकले बताएका छन् ।