चिरञ्जीवी ढकाल, नेपालगञ्ज
१.
वितृष्णा जन्मियो,रइथानीमा हेर,
वालेन अन्मियो, राजधानीमा हेर,
समय थोरै छ, होस् गर नेता हो,
तत्काल सुधार गर, बानीमा हेर ।
२.
नेता हौँ नेता आफ्नै सत्ता, ढलाउन सक्छौ हामी,
स्वार्थका निम्ति दाजुभाइ,जलाउन सक्छौ हामी,
ढुकुटी रित्तिएकोमा, चिन्ता नलिनु जनता हो,
ऋृण मागेरै पनि देश, चलाउन सक्छौ हामी ।
३.
चेहरा हेर्दा लाग्छ, मधुमांस छ यतिबेला,
उनको लागि निर्वाचन, खास छ यतिबेला,
मागेकै भएनि बाक्सामा, देखेपछि चुपुर्को,
विउ जगाउँला भन्ने,विस्वास छ यतिबेला ।
४.
लज्जा बचाउ अलिकति, काम लाग्छ,
नगर व्यहोस भै खति, काम लाग्छ,
नकाव उत्रे पछि, हिड्नु यहीँ पर्छ,
सम्हाली राख्न सके मति, काम लाग्छ ।
५.
आफ्नालाई धकेल्नु भो,दुश्मनलाई तान्नु भो,
घरभित्रै बसेर आज, सत्रुको बिँडो धान्नु भो,
घातकको पगरी, पहिरिएर त्यो शिरमा,
लाजै नमानी आफुलाई, स्वाभिमानी ठान्नु भो ?
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:३२ मा प्रकाशित





























