जनार्दन पौडेल
गोदाबरी नपा १३,ललितपुर
१.
देखिन्न बिम्ब
बादलु ऐना
नपुछे सम्म
२.
सत्तामा दृष्टि
हरायो निष्ठा
ब्वाँसोको वृत्ति
३.
गरौँ जतन
क्रोध र दम्भ
हुन्छ पतन
४.
अहो ! बासना
कसरी छुट्ला
हरे तिर्सना !
५.
मसान घाट
देख्दैनौ किन
के लान्छौ साथ ?
६.
बोलीमा छुरा
गर्दैनन् काम
बाउन्न कुरा
७.
अधर फिका
खुल्दैन हाँसो
प्रेमीको पिडा
८.
स्वार्थको पोको
सन्यासी बनी
के बोक्नु डोको ?
९.
जीवन लक्ष्य
सचेत मन
यथार्थ सत्य
१०.
खुसीको खोजी
भड्खालो पर्यो
कुबाटो रोजी
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:४८ मा प्रकाशित






























