back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ जेठ २१ शनिवार

777 

shares

तिलकप्रसाद लुइँटेल
कपन, काठमाडौं


कति सजिलो
आज भोट दिएमा
बन्छौ गुनिलो ।


दुर्घटनामा
जाला देश भनेर
किन तर्सने ।


ढुक्क मनले
भोट आफ्नो रुचिमा
हालुन् जनले ।


ठाउँ आफ्नो हो
दुःखसुख चिनेको
नेता ठिकै हो ।


आफ्नै ठाउँमा
रोजगारी उद्योग
बनोस् सबैमा ।


देश नबने
विदेशीका ज्यालाले
उँभो लागिन्न ।


पर्यटनको
विकासको सोचमा
लाग्नु राम्रो हो ।


पानीखानीको
सुव्यवस्था गर्नेको
सोच राम्रो हो ।


सृष्टि सुन्दर
बन्नलाई चाहिन्छ
दृष्टि सुन्दर ।

१०
बुढोपुरानो
इतिहास संस्कृति
गरौँ सम्मान ।

वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...