back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ जेठ २१ शनिवार

897 

shares

अम्बर बहादुर बिक ‘अभागी’
चौदण्डिगढी न.पा.३, उदयपुर
हाल दोहा कतार


हिँड्ने बेला नानिको हात फुकि दिन्छु सँगै सातो जाला
मुटुको टुक्रा छोडेर जाँदैछु न हान्नु यो छातीमा भाला
नजाउँ प्रदेश भने पनि स्वदेशमा रोजगार पाउन गा¥हो
सारा घर व्यवहार र जिम्मेवारीको भिरेर जादैछु माला ।


प्रचण्ड गर्मीले खाडीमा म कामदार ढलेको बेला
तातो घाममा कामको चापले ज्यान गलेको बेला
कसले बुझ्ने पीडा मरुभूमिमा छैन कोहि आफन्त
अत्यास लाग्छ पानी नपाउँदा आँत जलेको बेला ।


यताको माया बासी उता माया तिमीलाई ताजा भयो
कस्तो बाँडिने रहेछ तिम्रो माया हेर्दाहेर्दै साझा भयो
आफ्नै मान्छे वैरी हुँदा, कसले देख्छ यो मन रुँदा
हेरेर नअघाउने आँखाले मन बिझाउने काँडा भयो ।


दलाललाई फकाई–फुलाई लाखौं तिरेर बिदेश छिर्नुपर्छ
कोही त कमाएर आउँछन कोही बाकसमा फिर्नुपर्छ
धनीलाई चैन गरिबलाई ऐन छ देशको नीति नियम कस्तो
मर्दा कात्रो देखी सरकारलाई लाशको पनि कर तिर्नुपर्छ ।


आजभोली जताततै सरसमानको भाउ बढेको छ
घर चलाउन पनि दिनदिनै ऋणले साहु बढेको छ
गरिबको व्यथा सरकारको ढुकुटी मर्नेलाई के थाहा
सोध उसलाई जस्को पीडाले मुटुमा घाउ बढेको छ ।

 

 

वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...