back
CTIZAN AD

लघुकथा : खरानी

वि.सं.२०७९ जेठ २१ शनिवार

834 

shares

वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

एकाएक मुटु भक्कानिएर आयो । मन थाम्नै सकिनँ । तरपनि आफूलाई सम्हाल्ने असफल प्रयास भने गरिरहेको थिएँ । अति नै भएपछि पूरै ज्यान नै फालेर बगरमा पछारिन पुगेँ । पागल झैँ बिलौना गर्दै डाँको छोडेर रोइरहेँ ।
‘आफूलाई सम्हाल बाबु ! के गर्नु दैवको लीला यस्तै रहेछ । ढिलो चाँडो सबैको बाटो यहीँ हो ।’ मलाई उठाउने प्रयत्न गर्दै एक गाउँले बुज्रुकले भने ।

म अझै भक्कानिएँ । लड्दै रुँदै जलिरहेको चितातर्फ दौडिए । जहाँ बुबाको पार्थिव शरीर सुस्ताइरहेको थियो । उन्मत्त अग्नि बुबाको एक–एक अङ्ग प्रत्यङ्ग निल्दै थियो । म बसेको काख, हिड्दा समातेका औँलाहरू, बुँई चढेको ढाड र काँध सबै निल्यो । केही बाँकी राखेन ।

बुबा, जसले मलाई यस धर्तीमा पदार्पण गराउनु भयो । हुर्काउनु भयो, बढाउनु भयो । तर आज…टुहुरो बनाएर जानुभयो । म सोच्दासोच्दै अचेत भएछु । होशमा आउँदा सबै सकिएको थियोे । बाँकी थियो त केवल खरानी, मेरो धरोहरको, रहर अनि सपनाहरूको ।

वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...