back
CTIZAN AD

कविता : प्रेमको प्याला

वि.सं.२०७९ असोज ८ शनिवार

1.3K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

अधरमा बग्ने शराबी प्याला पिउँ कि घुटुक्क
यौवन छोप्ने फूलबुट्टे चोली सिउँ कि सुटुक्क
फूलको सुवास छरेर बग्छ बैंसको तरेली
झिम्क्याउँदै आँखा इसारा गर्छ नशालु परेली ।

प्रेमको प्याला त्यो मधुशाला व्यूँझन्छ रातमा
ढल्दछ जब मिर्मिरे बिहान कोही हुन्न साथमा
स्वर्गकापरी धरतीभरि नाँच्दछन् छमछम
कतेै छ गाढा नशाको असर कतै मात रमरम ।

कोमल काखको समर्पण मीठो प्यारको मधुरस
धड्कन बोल्छ मनको भाषा यादमा बस्छ कस
जुधेका आँखा प्रलय ल्याउँछन् दिलमा भूकम्प
मुटुको धड्कन साउतीमार्छ कहाँ रहन्छ तडप ।

प्यासको प्याला हातमा बोकी तड्पन्छ प्यासीजन
तृष्णाको सागर बग्दछ छलछल भरिन्न लोभीमन
दुईदिनको चोला काँचुली फेर्छ जीवन छ पहेलि
रुपको बत्ती बल्दछ धपधप धरतीमा झलझली ।

वि.सं.२०७९ असोज ८ शनिवार ०६:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...