back
CTIZAN AD

अपचलन गरिएको रकम तत्काल फिर्ता गर्न खड्कालाई नेपलीज युथ युकेको अल्टिमेटम

वि.सं.२०७९ कात्तिक १४ सोमवार

675 

shares

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका बर्खास्तमा परेको उपाध्यक्ष सुनिलबाबु खड्कालाई अपचलन भएको संस्थाको रकम तत्काल फिर्ता गर्नका लागि युवाहरुले अल्टिमेटम दिएको छ ।

नेपलीज युथ युकेले बर्खास्तमा परेका सुनिलबाबु खड्कालाई मंगलबार पत्र लेख्दै अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल फिर्ता गर्नका लागि अल्मिेटम दिएको हो ।

नेपलिज युथ युकेका अध्यक्ष धीरज राई र महासचिव खगेन थापाले खड्कालाई पत्र पठाउँदै दुई साताभित्र रकम फिर्ता गर्नका लागि अल्टिमेटम दिएका हुन् ।

तत्काल रकम फिर्ता नगरे स्थानीय काउन्सिल र प्रहरीलाई जानकारी दिएर खड्काविरुद्ध प्रर्दशन गर्ने चेतावनी पनि दिएका छन् ।

छिन्नभिन्न भएको आइसीसीलाई अध्यक्ष र पञ्जिकृत सदस्यहरुको अनुमति विना नियतबश संस्थाको रकम नेपाल पठाएर नेपाली समुदायलाई विभाजन गर्नुका साथै पञ्जिकृत सदस्यहरुलाई समेत हेपेको नेपलीज युथ युकेले आरोप लगाएको छ ।

आर्थिक घोटालालाई ढाकछोप गर्न १८ अक्टोवरमा रक्सी भट्टीमा प्रहरी र सुरक्षा गार्ड जति पनि सहभागी नभएको भेला गरेर एनआरएनए फुटाएर आफै अध्यक्षको टिका लगाएर लज्जित काम गरेको युवाहरुले खड्कामाथि आरोप लगाएका छन् । पत्रमा खड्कालाई अध्यक्ष बन्न लायक पात्र नभएको भनेर टिप्पणी समेत गरेका छन् ।

साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा हुनुभन्दा एक हप्ता अगाडी नै नियतबश पञ्जिकृत सदस्य, विज्ञहरुसंग सरसल्लाह विना नै पैसा पठाएर एनआरएन युकेमा विभाजनको वीउ रोप्ने काम गरेको खड्कामाथि नेपलीज युथ युकेले संगीन आरोप लगाएको छ । अवैधानिक रुपमा भेला तथा समानन्तर गतिविधिहरु नगर्नका लागि आग्रह गर्दा पनि बेवास्ता गर्दै भेलाहरु आयोजना गरी संस्था फुटाउने काम गरेकाले बाध्यले भएर खड्कालाई चेतावनी दिइएको नेपलीज युथ युकेका अध्यक्ष धीरज राईले बताए ।

गैर–अवासीय नेपाली संघ युकेको रकम खड्काको संलग्नतामा अपचलन भएको थियोे । रकम अपचलन भएपछि संघभित्र तीव्र मतभेद शुरु भएको थियो । मतभेद भएपछि खड्काले एनआरएनए फुटाएको आरोप लगाउँदै एनआरएनए बेलायत फुटेपछि आधिकारिकताबारे अन्यौल भइरहँदा प्रेम गाहा मगर नेतृत्वको एनआरएनए युके आधिकारिक रहेको आइसीसीका बर्तमान अध्यक्ष रविना थापाले बताईसकेकी छन् ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १३:१७ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...