back
CTIZAN AD

विश्वका तीस करोड मानिसमा मानसिक समस्या

वि.सं.२०७३ चैत १९ शनिवार

717 

shares

mental-problem

संयुक्त राष्ट्रसङ्घ  । विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भन्नुभयो, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।”

गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।

मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ ।

मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ । कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ ।

मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । रासस/सिन्ह्वा

वि.सं.२०७३ चैत १९ शनिवार ११:१५ मा प्रकाशित

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा...

पुरुष कर्मचारीलाई पनि प्रसूति स्याहार बिदा दिन मानव अधिकार आयोगको सिफारिस

पुरुष कर्मचारीलाई पनि प्रसूति स्याहार बिदा दिन मानव अधिकार आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्नी सुत्केरी हुँदा सरकारी,...