काठमाडौं । यस वर्षको मिसेस वल्र्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान गरेकी छन् ।
डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछन् ।
सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षा मिसेस वल्र्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै छन् ।
यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन भएकी थिइन् । उनी उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वल्र्डमा सहभागिता जनाउँदै छन् ।
वि.सं.२०७९ मंसिर २५ आइतवार १३:५७ मा प्रकाशित





























