back
CTIZAN AD

छन्द कविता : अमेल फ्याँकौँ

वि.सं.२०७९ पुस २३ शनिवार

849 

shares

दीनानाथ पोख्रेल, इलाम

सुन्दर मार्ग बढीकन फ्याँक्नुछ कष्ट सबै उठ जाग युवा ।
दुष्ट र दुच्छर भ्रष्ट टिपीकन पार्नुछ देश उचो अब ता ।।
कर्म निका हित छान्नु छ बाँध्नुछ योग्यपना सब उठ्न सँगै ।
कष्ट र दर्द अनेक चिनीकन दूर गरीकन बढ्न सबै ।।०१।।

लेख्न जुटूँ अब काव्य निका पथ योग्य दिने अझ टिप्न मिठा ।
सौख्य लिँदै जन पाठ गरून् फल हात भरून् अनि हुन्छ मजा ।।
कर्म चुनूँ सुख हार खिलूँ तब रम्दछ चेत खुलेर अहा !
भोक र रोग सबै पर भाग्दछ डर्दछ भर्दछ जोश सदा ।।०२।।

कृत्य चुनूँ युगज्ञान भरूँ पर फाल्न सकूँ बहपूर्ण घडा ।
कर्म गरूँ फल योग्य दिने मन सक्दछ फ्याँक्न अरे झगडा ।।
देश चिनूँ हितकर्म उनूँ युगमार्ग चुने मन रम्छ सदा ।
खुल्नुछ बुझ्नुछ सुन्दर मार्ग बढीकन भर्न घडा हितका ।।०३।।

जान्छ युवा परदेश दुखेर सधैँ अब फेर्न जुटौँ मनले ।
रम्यपना नव झार्न सकूँ सब बाँच्न सकून् घरमै सुखले ।।
खेत खनूँ सब साथ जुटी अनि मिल्छ बुटी सँग बाँच्न सबै ।
फेर्नुछ चिन्तन जीर्ण भए अब मेल चुनेर रमौँ न सँगै ।।०४।।

धान मकै गहुँ फल्दछ फापर कर्म गरूँ सब कष्ट हटून् ।
सभ्य र भव्य बडा मृदु संस्कृति चिन्न सकूँ अब पूर्ण बचून् ।।
उत्सुक बन्न सकूँ नव ज्ञान लिने र दिने पथ योग्य लिऊँ ।
एक छ मानव विश्वभरी हित भाव टिपूँ अनि साथ जिऊँ ।।०५।।

चञ्चलता पर फाल्न सकूँ दृढ भाव चुनीकन हाँस्न सकूँ ।
दिव्य कला पर बाँड्न सकूँ सब विश्व टिपोस् निज माथ जडूँ ।।
भाग्दछ हाल सबै मन जान्न सकोस् अनि सौख्य टिपेर रमूँ ।
भर्दछ हाल सधैँ रिसराग अमेल हटाउन सक्छु गमूँ ।।०६।।

छन्द :मदिरा

वि.सं.२०७९ पुस २३ शनिवार ०७:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...