घनश्याम पौडेल, पोखरा
१
गोर्खालीका छोरा हामी, आई लाग्न सक्छौँ
नहेप्नू त्यसरी, आलो नै छ रगत ,हातमा छ तागत
धेरै जोरी खोज्यौ भने, जाई लाग्न सक्छौँ
२
जति धाक लाए पनि, भाग्ने वाला छैनौँ
आँटिला छौँ हामी,जति पल्ट लडिन्छ,त्यति अघि बढिन्छ
पौरखले खान्छौँ तर, माग्ने वाला छैनौँ
३
चन्द्रसूर्य झण्डा हाम्रो, संसारको भिन्न
दुखले आर्जेको,नेपाल यो हो हाम्रो, विश्वभरि छ राम्रो
भाषा भेष सारा ठाऊँ ,अंसारको भिन्न
४
नेपालीको साझा फूलबारी भएकोले
तरूल झैँ भयो,उत्तरमा तिब्बत,तीन तिर भारत
ठूला ठूला देश वारी, पारी भएकोले
५
सीता बुद्ध जस्ता दूत, जन्मिएका यहीँ
राष्ट्र बचाउन,लागी परे सबैले, हेपेनन् है कसैले
बलभद्र भिमसेन, हुर्किएका यहीँ
गुजुमुजे (रोइला)
८,६्६,७,७्८,६
वि.सं.२०७९ पुस ३० शनिवार ०८:३६ मा प्रकाशित






























