
सुरेशकुमार पान्डे, दाङ
अब कुन ठाउँमा समस्याको हल हुनसक्छ,
भनौ त कहाँ सुःख चयनको भल हुनसक्छ ।
स्वर्गमा जन्मिएर नर्कमा पुगेका हुन्छौँ हामी,
त्यसबारेमा त निश्पक्षिय छलफल हुनसक्छ ।
क्रान्ति आज कोहिराको काग भयो तर पनि,
कसैकसैको बिचार त अंझै अटल हुनसक्छ ।
रक्षात्मक छ भन्छौ तर कदम चाल्दैनौँ कत्ती,
आफै फिल्डमा आए पो जल,मल हुनसक्छ ।
एउटा कविलाई लाग्छ आमूल परिवर्तन गर्ने,
हतियार संस्कृतिक गीत र गजल हुनसक्छ ।
ठुला ठुला लेख कसैले पढ्दैनन् ती दन्त्यकथा,
ब्यवहारमा उतार्ने व्यक्ती नै असल हुनसक्छ ।