back
CTIZAN AD

गजल

वि.सं.२०७९ पुस ३० शनिवार

828 

shares

सुरेशकुमार पान्डे, दाङ

अब कुन ठाउँमा समस्याको हल हुनसक्छ,
भनौ त कहाँ सुःख चयनको भल हुनसक्छ ।

स्वर्गमा जन्मिएर नर्कमा पुगेका हुन्छौँ हामी,
त्यसबारेमा त निश्पक्षिय छलफल हुनसक्छ ।

क्रान्ति आज कोहिराको काग भयो तर पनि,
कसैकसैको बिचार त अंझै अटल हुनसक्छ ।

रक्षात्मक छ भन्छौ तर कदम चाल्दैनौँ कत्ती,
आफै फिल्डमा आए पो जल,मल हुनसक्छ ।

एउटा कविलाई लाग्छ आमूल परिवर्तन गर्ने,
हतियार संस्कृतिक गीत र गजल हुनसक्छ ।

ठुला ठुला लेख कसैले पढ्दैनन् ती दन्त्यकथा,
ब्यवहारमा उतार्ने व्यक्ती नै असल हुनसक्छ ।

 

वि.सं.२०७९ पुस ३० शनिवार ०८:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...