back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ फागुन ६ शनिवार

780 

shares

बाबुराम न्यौपाने “उत्स“, दमक, झापा


विरहीरात प्रतीक्षामै ढलेर गयो
प्रेमको रङ्गीन गलैंचा जलेर गयो
फेरि वेदनाले आहत भएकै बेला
मीठो सपनाले पनि छलेर गयो ।


ऋण र रेमिटेन्सबाट चलेको छ देश
शासक वर्गको लागि फलेको छ देश
सिद्धान्तको चिता सजाउनेको के कुरा
उनकै दागबत्तीबाट जलेको छ देश ।


गरीब हुनु पाप भएको भए
धनीहुनु फलिफाप भएको भए
मृत्युको न्याय समान हुनेथिएन
जन्मलिनु श्राप भएको भए ।


देश नहुनेलाई माटो के हो सोध
पथभ्रष्टलाई बाटो के हो सोध
आखिर प्रश्नहरु सोध्नै परेपछि
जिन्दगीको पाटो के हो सोध ।


प्रेममा जल्नुको मज्जा पनि बेग्लै छ
हारेर ढल्नुको मज्जा पनि बेग्लै छ
प्रेम त्यस्तो अपूर्व तत्व हो ! साथी
साथ चल्नुको मज्जा पनि बेग्लै छ

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:४९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...