back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ फागुन ६ शनिवार

792 

shares

टीकाराम जोशी, टीकापुर, कैलाली 


सम्विधानमा
अखण्ड राष्ट्रियता
गणतन्त्रमा


एैन कानुन
सार्वभौम जनता
सबै मानुन्


राष्ट्र नायक
अपमानित हुनु
पीडा दायक


नेता ती हुने
कानुन विपरित
भाषा ती बोल्ने !


अपराध हो
झण्डाको अपमान
राष्ट्र द्रोहको !


गर्ने उद्यम
विभाजन राष्ट्रको
शत्रु ती छद्म


नागरिकता
स्वदेशीको बन्यो
प्रामाणिकता


बाँडचुँडको
संस्थागत विकास
भ्रष्टाचारको


ती मतियारा
बलात्कारी हत्यारा
निर्धक्क सारा


खबरदारी
गर्नेको निमोठियो
इमानदारी !

१०
एकादेशका
हराए नागरिक
गणतन्त्रका !

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...