back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ फागुन ६ शनिवार

1K 

shares

“इलामे जेठो“ (शिव अधिकारी), इलाम


कत्रो थियो जनतामा, आश अचम्म भो ।
परिणाम उल्टो भयो, त्रास अचम्म भो ।
जनता नै जनार्दन, भन्दै जप्दै गर्दा,
नेताका नै भयौं हामी, दास अचम्म भो ।


गन्तव्यमा पुग्न कुनै, लिख नभएका ।
साँच्चै गरी देखाउने, ईख नभएका ।
बग्रेल्ती छन् यहाँ यस्ता, गुर्वे, हरेउ, करेत,
गोमन, धामन, सर्पहरु, बिख नभएका ।


छिमेकीको कहाँ हुन्छ ? छिद्र घरकै हुन्छ ।
तानातान र हानाहान, द्वन्द्व चर्कै हुन्छ ।
व्यर्थै बुझ पचाएर, व्यक्ति व्यक्ति बीच,
कानुनको दफा एउटै, ब्याख्या अर्कै हुन्छ ।


इमानदारी सन्तान हुन्, सुन्दर घरवार ।
सन्तोषले बाँच्न सिके, त्यही दरवार ।
जति होस् न चञ्चला श्री, बेमेल भयो भने,
आफ्नै गला रेट्ने त्यही, हुन्छ तरवार !


एक पछि अर्को गर्दै, चुक्न थाले फेरि ।
चमत्कारै भयो भन्दै, भुक्न थाले फेरि ।
विगतका काला कर्तुत, उघ्रिने भो भन्दै,
चोखा बन्न सत्ताभित्रै, लुक्न थाले फेरि ।

 

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...