back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ फागुन ६ शनिवार

873 

shares

लक्ष्मी स्मृति, विराटनगर


निकालेर खै कुन निचोड जे सुकै गर्छन्
नाता बन्छ साह्रै बेजोड जे सुकै गर्छन्
आजकल मान्छे कहाँ टिक्छन् ईमानमा
पाए भने लाख, करोड जे सुकै गर्छन् ।


छुवाएर दिलको भित्ता, कता जान्छन् कता
मन पारेर कित्ता कित्ता, कता जान्छन् कता
मायाँ भन्दै जोडिन खोज्ने स्वार्थी नजरहरु
रहर,स्वप्ना देखाई रित्ता, कता जान्छन् कता ।


कहिले यता कहिले उता कति दिन चल्छ
बनाई माछो माछो भ्यागुता कति दिन चल्छ
देशको विकासको रकम कुम्ल्याएर आफैले
नेताज्यू रेमिट्यान्सको बलबुता कति दिन चल्छ ?


मिठो बोलीबचन, असल व्यवहार भईदिए खास लाग्छ
एक छिन नदेख्दा हसिलो अनुहार बरु सन्त्रास लाग्छ
रात दिन काटो छिनो गर्नेहरुले प्रेम सप्ताहको महिमा सुनाउँदा
यो रोज डे, प्रोपोज डे, भ्यालेन्टाइन डे सबै बकवास लाग्छ ।

५.
गरेको कर्म खराब खराब छन् कि त पवित्र हेर
के भन्छन् तिम्रा बारेमा अरुले बाहिर भित्र हेर
दुनियाँलाई दोष थुपार्दै औँला ठड्याउने मान्छे
मात्र एक पटक गम्भिर भएर आफ्नै चरित्र हेर ।

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...