back
CTIZAN AD

मलेसिया पुगेर मन्त्री शर्माले भने “तपाईहरुलाई दस बर्ष भित्र देश फर्काउने घोषणा गर्नेछौं “

वि.सं.२०७३ चैत २८ सोमवार

876 

shares

jana-pragatisil-manch-malayasiya-1
नेकपा माओबादी केन्द्रको बिदेश बिभाग स्थित भात्री संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको ७ औ महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ।

अप्रिल ९ तारिक आइतबार महाधिवेशन आयोजक कमिटिका सम्योजक प्रेम पाण्डेको सभापत्तित्व सम्पन्न भएको थियो। अधिवेशनका प्रमुख अथिती बर्तमान नेपाल सरकारका उर्जा मन्त्री नेपाली जनताका ढुक्ढुकी मानननिय जनार्दन शर्मा ” प्रभाकर”  साथै अथितीहरुमा पार्टीका बिदेश बिभाग सचिव युवराज चौलागाईं , वाइसीएल नेपालका संयोजक दिपशिखा लगाएतका नेताहरु उपस्थित रहेको थियो । नेपाली दूतावास ,NRNA मलेशिया, ब्यापारि, समाजसेबि, मलेसियामा कार्यरत श्रमिक साथीहरू, पत्रकार, कलाकार, राजनीति पार्टिका भात्री संगठनका प्रतिनिधिहरु, आयोजक कमिटी लगायत को भब्य उपस्थित रहेको थियो।
नेपालमा आशा लाग्दो गरि बिकाशको चरण सुरु भएकोमा उर्जा मन्त्रीलाई सबैले बधाई दिएका थिए। सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने अहिलेकै गतिमा काम गर्न दिए धेरै नेपालीको सपना नेपाल भित्रै रोजगारीको ब्यबस्था होस भन्ने रहे पनी त्यसो हुन सकिरहेको छैन अबको १५ बर्षमा हामी नेपालमै रोजगारी दिलाउन सक्ने उद्घोष गरेका थिए। शर्माले भने “तपाइहरु अहिलै फर्किने स्थिति नेपालमा हामिले बनाइसकेका छैनौं । अहिले हामी पुर्बाधार निर्माणका लागि खटेका छौँ । सक्दो सहयोग गर्नुस नेपालको पानी जनताको लगानी नारा सहित राखीएको उर्जा मन्त्रालयको वेबसाईटमा कमिट्मेन्ट गर्नुस र हामिलाई साथ दिनुस हामी तपाईहरुलाई दस बर्ष भित्र देश फर्काउने घोषणा गर्नेछौं ।”

संगै यहाँ बिदेशमा रहेका कम्पनिहरु नेपालमै गएर खुल्नेछन मात्रै हामिले विद्युत उत्पादन र राजनैतिक स्थिरता कायम गरिएको खण्डमा । उर्जा मन्त्री शर्मा भन्नुहुन्छ मैले केही गरेको छैन जे गर्नुभयो हाम्रा विद्युतका कर्मचारीले गर्नुभयो, चमत्कार भयो तिनै कर्मचारीबाट मलाई तार जोड्न पनि आउदैन तार काट्न पनि आउदैन मलाई थाहा छ नेपाली जनताले उज्यालोमा बस्न चाहान्छन जसरी भएपनी मिलाउनुस सक्नुहुदैन भने म संग काम नगर्नुस सक्ने भए म संग प्रतिबद्धता जनाउनुस कति कर्मचारी आए कति कर्मचारी गए राम्रा आएर नराम्रा गए खिस्सी टिउरी गर्दै गएका कर्मचारी अहिले अपसोच मान्दै होलान तर अब हाम्रो देश पछि फर्कन्न अघि बढिसक्यो ।

jana-pragatisil-manch-malayasiya-2वाइसीएल अध्यक्ष दिपशिखाले सुरुवातमै क्षमा माग्दै भन्नुभयो  ” म देश बिकाशका निम्ति खटिएका भुतपुर्व जनमुक्ति सेनाका कमान्डर सहित वाइसीएलका मित्रहरू भेट्न आएको हु तपाइहरुले सम्यम्ता अपनाइ दिनुभयो नौ बर्ष सम्म हामिले केही दिन सकेनौं ।”  तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयो चालीस लाख नेपाली बिदेशमा पशिना बगाउछन भने ती मध्य साठी प्रतिशत वाइसीएल हुन। किनकि उनिहरु गरिब छन र गरिबहरु नै वैदेशिक रोजगारिमा छन । म तिनैलाई भेट्न आएको हु । तपाइहरुलाई म नेपाल फर्काउने र स्मार्ट वाइसीएल बनाउने लक्ष सहित आएको छु । हाम्रा जनयुद्धका कमान्डर जनार्दन शर्माले यसको नेतृत्व गर्दै हुनुहुन्छ साथ दिनुहोला हामीले तपाइहरुको स्वदेश फिर्तिको घोषणा गर्ने क्रममा छौँ ।

नेकपा माओबादी केन्द्र बिदेश बिभाग सचीव कमरेड युवराज चौलागाईंले पार्टिको स्पष्ट लाइन जनतालाई अधिकार दिलाउने रहेको र चुनावमा हार्दा वा जित्दा जुनसुकै बेलामा पनि माओबादी पार्टिकै एजेन्डा वरिपरि घुमिरहेको भन्दै लाखौंको संख्यामा माओवादी केन्द्रका युवाहरू बिदेशमा रहेको र उनिहरुलाई स्वदेश फर्काउनु पर्ने तर तीन बर्ष मात्रै माओवादीले शत्ता सन्चालन गर्ने अबसर पाएको हुनाले पूरा गर्न सकिएको छैन भन्नुभयो । अब आसन्न स्थानिय निर्वाचनमा पार्टीले अग्रता हासिल गरे नेपालमा बिकाश गर्न धेरै गर्न नपर्ने हुदा छिटोभन्दा छिटो विकसित हुने कुरामा दुईमत छैन । सम्मानिय उर्जा मन्त्री त्यसको उदाहरण भएको र नेपाली जनतामा आशा पलाएको छ । उहाँकै भनाईमा नेपाल डेन्टिङ पेन्टिङ गरेकै भरमा प्रगती गर्न सक्छ १५ बर्षमा सामान्यतया अरु देशले ५० बर्समा मारेको फड्को मार्न सक्छ । हामी संग अथाह प्राकृतिक सम्पदा छन केवल सञ्चालनको खाचो छ ।

महाधिवेशनको उद्घाटन समारोह समाप्त गर्दै नयाँ नेतृत्व चयन गर्न बन्द सत्र सुरु भएको थियो। सातौ महाधिवेशनको भेलाले प्रेम पाण्डे अध्यक्ष रहेको ३३ सदस्यीय जनप्रगतिशिल मञ्च गठन गरिएको छ भने रमेश तिवारी नेतृत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
मंचको संरक्षक : मुस्कन जाजरकोटी

सल्लाहकार

मेश तिवारी
कृष्ण नेपाल
राजु ढुंगाना (प्रनिल)
कविराज कार्की
दिपेश थापा
तेज ब. कार्की
अध्यक्ष :  प्रेम पाण्डे
उपाध्यक्ष :  दिप लिम्बु, उपाध्यक्ष यज्ञराज ढुंगाना ( सिद्धान्त), उपाध्यक्ष पर्शुराम लुइँटेल ,उपाध्यक्ष उपेन्द्र न्यौपाने
महासचिव – अभिनास वाईबा तामाङ (विवस )
सचिव -रुपक काफ्ले
सह सचिव -शंकर राणा
कोषाध्यक्ष – धनबिर बुढा

मानविर पुजारा, प्रतीक तामाङ, सरराज उप्रेती, मिमिक जनक मगर, दावा घिसिङ तामाङ, अञ्जली तामाङ, रमेश गुरुङ, केशव चन्द, दिपक बिक, सागर पाहाडी, दिपक बिषङंके, वीर बहादुर बुढा , शैलेन्द्र खत्री, ज्ञानध्वज गोले, अर्जुन सिंह अनुराग, धनु शर्मा, रंगमल रोकाया, टेक बहादुर कार्की, किरण बजगाई, अभिनास सुनुवार,क लामा तामाङ,  दिपक सुनाखरी मगर, सुगम बुढा, अरजी मगर, पर्वबाही शाहीलाई अधिवेसनले सदस्यमा चयन गरेको छ।

वि.सं.२०७३ चैत २८ सोमवार ०१:४२ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...