back
CTIZAN AD

दोहोरो अंकले बढ्याे सेयर बजार

वि.सं.२०८० जेठ २३ मंगलवार

900 

shares

काठमाडौं । सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । मंगलबार २५.६६ अंकले बढ्दै बजार १९२७.६५ बिन्दुमा पुगेको छ।

मंगलबार सेयर बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ पुगेको छ।

यस दिन २६९ वटा धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच भएको हो। मंगलबार न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३०१ रुपैयाँ पुगेको छ। यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको इकाइ मूल्य ९.२४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६३ पैसा पुगेको छ।

यसैगरी, सेन्चुरी डिवेञ्चर २०८८ को मूल्य सर्वाधिक ३.०४ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९०० रुपैयाँमा झरेको छ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य २.६७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६८५ रुपैयाँमा सीमित भएको छ। मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३४८ रुपैयाँमा ९ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४७१ रुपैयाँमा ९ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। मंगलबार होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उक्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ। यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ४.६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।

वि.सं.२०८० जेठ २३ मंगलवार १५:४८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...