काठमाडौं । बुधबार पनि सेयर बजारमा दोहोरो अंकले बृद्धि भएको छ । १६.४२ अंकले बढ्दै बजार २०३७.०६ को बिन्दुमा पुगेको छ ।
दिनभर निकै उतारचढावमा देखिएको बजार अन्तिम समय बढेको थियो ।
बढेको सेयर बजारमा कारोबार रकम छ महिना यताकै उच्च रहेको छ । बुधबार एक करोड २५ लाख ६१ हजार बढीको सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब एक करोड बढीको हुन पुग्यो ।
गत वर्षको पुस अन्तिम साता सेयर बजारमा कारोबार रकम पाँच अर्ब बढीको भएको थियो । तर, त्यसयता बजार क्रमशः ओर्लिएको थियो ।
यसअघिका दिनमा जस्तै बुधबार पनि सिवम् सिमेन्ट, हिमालयन डिस्टीलरी, नेपाल लाइफ इन्स्युरेन्सलगायतको कारोबार उच्च रह्यो । बुधबार खप्तड लघुवित्त र सिटी होटेलको मूल्यमा ९ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।
उच्च कारोबार भएको भएपनि बुधबार छ वटा उपसमूहको मूल्यमा गिरावट आएको छ । विकास बैंक, फाइनान्स, होटेल, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहमा केही गिरावट आएको छ ।
कारोबारमा रहेका २१७ कम्पनीमध्ये १२६ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको मूल्य घटेको छ ।
वि.सं.२०८० जेठ ३१ बुधवार १५:४० मा प्रकाशित




























