back
CTIZAN AD

सेयर बजारमा उत्साह, कारोबार रकम ६ महिना यताकै उच्च

वि.सं.२०८० असार १० आइतवार

831 

shares

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढ्दै २११७.७३ को बिन्दुमा उक्लिएको छ ।

उत्साहपूर्णं रुपमा बढेको बजारमा कारोबार रकम पनि ६ महिना यताकै उच्च भएको छ । आइतबार एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम छ अर्ब ४९ करोड चार लाख १२ हजार ६६५ रुपैयाँको भयो ।

यसअघि २०७९ को पुस २६ मा सेयर बजारमा सात अर्ब बढीको कारोबार भएको थियो । तर, त्यसयता बजारमा यति धेरै कारोबार हुन सकेको थिएन ।

आइतबार जीवन बीमा समूह र निर्जिबन बीमा समूहका कम्पनीको मूल्यमा उच्च बृद्धि भएको छ । जीवन बीमा समूहको मूल्य ८९१.५६ अंकले बढेको छ भने निर्जीबन बीमा समूहको मूल्य ६६६.९७ अंकले बढेको छ । बढेको बजारमा सबै समूहमा हरियाली छाएको छ ।

उच्च अंकले बढेको बजारमा सिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्ट्रिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सलगायतको सर्वाधिक कारोबार भयो । आइतबार सिवम् सिमेन्टको मात्रै ८ लाख ४४ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबीको मिच्युअल फण्ड र सामलिङ्ग पावर कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि हुन पुग्यो । थप आठ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि हुन पुगेको छ ।

आइतबार उच्च अंकले बजार बढ्दा पनि ३२ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आयो । कारोबारमा आएका शुभम् पावर लिमिटेड, एनआइबिएल ग्रोथ फण्ड, पाँचथर पावर कम्पनी, तेह्रथुम पावर कम्पनीलगायतको मूल्य उच्च अंकले घटेको छ ।

वि.सं.२०८० असार १० आइतवार १५:१९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...