back
CTIZAN AD

सेयर बजारमा उछाल : २५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

वि.सं.२०८० असार १२ मंगलवार

789 

shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयरमा बजारमा उछाल छाएको छ । मंगलबार ५६.९४ अंकले बढ्दै नेप्से परिसूचक २१८६.३६ को बिन्दुमा पुगेको छ ।

यसअघिका दिनमा जस्तै मंगलबार पनि कारोबार रकम उच्च रह्यो । मंगलबार एक करोड ३१ लाख सात हजार ८० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ भयो । यसअघि सोमबार पनि पाँच अर्ब २६ करोडभन्दा बढीको कारोबार भएको थियो ।

उच्च अंकले बढेको बजारमा उत्पादनमूलक समूह, म्युचुअल फण्ड, निर्जिवन बीमा, र व्यापार क्षेत्रमा भने केही गिरावट देखियो । कारोबरामा आएका २२५ कम्पनीमध्ये १८७ कम्पनीको मूल्य बढ्यो भने ३४ कम्पनीको मूल्यमा केही गिरावट आयो । चार कम्पनीको मूल्य स्थिर रहे ।

सोमबार बढेको बजारमा २५ कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ भने १८ कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

मंगलबार १० प्रतिशतले मूल्य बृद्धि हुने कम्पनीमा अधिकांश लघुवित्त क्षेत्रका छन् ।

मंगलबार सबैभन्दा बढी कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त, सिवम् सिमेन्ट, सोल्टी होटेल, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी कम्पनी अगाडि रहे । मंगलबार सोल्टी होटेलको चार लाख २८ हजार, सिवम् सिमेन्टको तीन लाख ६१ हजार बढी कित्ता बिक्री भएको छ ।

कारोबार रकम र अंकमा भएको बृद्धिले लगानीकर्तालाई उत्साहित बनाएको छ । बजार छ महिनाअघिकै अवस्थामा फर्किएको देखिन्छ ।

वि.सं.२०८० असार १२ मंगलवार १५:१८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...