back
CTIZAN AD

गजल

वि.सं.२०८० भदौ २ शनिवार

1.1K 

shares

रामशरण न्यौपाने, भक्तपुर

नहोस् भावना हीनताको कसैमा
फुलेको जहाँ जो छ पाको कसैमा

नलागुन् कडा रोग नै देह गाल्ने
बहुत ताडना औ व्यथाको कसैमा

बधू पुत्रबाटै कहर चोट भारी
नलागोस् हियोमा छुराको कसैमा

सबै वृद्धमा शान्तिले कान्ति छाउन्
झमेला नहोस् वेदनाको कसैमा

सबैको रहोस् नूरमा मुक्त हाँसो
नहोस् आँसु–धारा रुँदाको कसैमा

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ – १२२ – १२२ – १२२

वि.सं.२०८० भदौ २ शनिवार ०७:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...