Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

चितवनमा दुई दलले गरे उम्मेदवारमा सिफारिस



११ वैशाख,चितवन  । भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि ठूला दुई दलले केन्द्रमा नाम सिफारिस गरेका छन् ।

क्षेत्र र नगरबाट सिफारिस भएका नामलाई केन्द्रमा सिफारिस गरिएको हो । नेपाली काँग्रेस चितवनले नगर समन्वय समितिले सिफारिस गरेका सबै नाम केन्द्रमा पठाएको छ । जिल्ला उपसभापति कैलाश कोइरालाका अनुसार प्रमुखका लागि नगरबाट आएको ३४ र उपप्रमुखका लागि आएको १५ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो ।

समन्वय समितिले दुई दिनको समय दिएर निवेदन माग गरेको थियो । निवेदन परेका सवैको नाम जिल्लामा पठाइएको थियो । ती सबै नाम केन्द्रमा सिफारिस गरिएको कोइरालाले बताउनुभयो ।

त्यसैगरी रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका प्रमुख र उपप्रमुखमा पनि पाँच पाँच जनाको नाम केन्द्रमा पठाइएको छ । क्षेत्रले जिल्लामा सिफारिस गरेको नाम जिल्लाबाटै केन्द्रमा पठाइएको हो ।
काँग्रेस चितवनले माडी नगरपालिकामा खेमप्रसाद महतोलाई प्रमुख र शिवमाया भट्टराईलाई उपप्रमुखमा उम्मेदवारी दिलाउने घोषणा गरेको छ । यसैगरी राप्ती नगरपालिका प्रमुखमा किरणभूषण ओली र उपप्रमुखमा अनिता मैनाली एवम् इच्छाकामना गाउँपालिकामा गीता गुरुङलाई प्रमुख र कृतिकुमार श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै कालिका नगरपालिकामा जिल्लाबाटै प्रमुख र उपप्रमुखको टुङ्गो लगाउने गृहकार्य भइरहेको उपसभापति कोइरालाले वताउनुभयो ।

नेकपा (एमाले)ले महानगरपालिका प्रमुखको उम्मेदवारीका लागि चार र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ । प्रमुखमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम सिफारिस गरिएको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताउनुभयो ।

त्यसैगरी उपप्रमुखमा विद्या शर्मा आचार्य, चक्र रुचाल र कल्पना सापकोटाको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ । एमालेले रत्ननगर नगरपालिका प्रमुखमा नारायण वन र उपप्रमुखमा विमला दुवाडी तथा खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी । उपप्रमुखमा सुनिता थपलियाको नाम सिफारिस गरेको छ ।

नेकपा(माओवादी केन्द्र)ले महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारीको टुङ्गो लगाउन सकेको छैन । पार्टी जिल्ला सहइन्चार्ज घनश्याम दाहालले ती पदमा उम्मेदवारी सिफारिसका लागि बैठक जारी रहेको बताउनुभयो । यद्यपि भरतपुर महानगरको प्रमुखमा पार्टी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालको नाम चर्चामा छ । उपप्रमुखमा ईश्वर सापकोटाको नाम सिफारिस गर्ने तयारी भएको केन्द्र स्रोतले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापित

सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लामा रहेका पाँच नगरपालिका र एक गाउँपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

यसअघि नै महानगरपालिकासहित हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको थियो । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको सक्रियतामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले सवै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । जिल्लामा तीन लाख १३ हजार दुई मतदाता छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको